कोरोना भाइरसले विश्व आक्रान्त बनेको समयमा नेपाली फिल्मकर्मी, हास्यकर्मी पनि अछुतो रहेका छैनन् । हालसम्म एक दर्जन भन्दा धेरै फिल्मकर्मीहरु कोरोना संक्रमित भई निको भइसकेका छन् । कोही त अझै पनि होम आइशोलेसनमा बसीरहेका छन् । कोरोनाबाट नै फिल्म क्षेत्रका क्यामेराम्यान बैकुण्ठमान मास्केको मृत्यु समेत भइसकेको छ ।
दिनप्रति दिन कोरोना संक्रमितको सख्या बढ्दै जाँदा नेपालमा भयावय रुप लिदै गएको छ । यस जटिल अवस्थामा गुज्रिएको समयमा नेपाली चलचित्रकी अभिनेत्री ऋचा शर्मालाई पनि कोरोना संक्रमण पुष्टि भएको थियो । ३ हप्ता अगाडी कोरोना संक्रमित भएपछि उनी होम आइशोलसनमा बसेकी थिइन् । मंगलवार गरेको पिसिआर परिक्षणमा उनको कोरोनाको रिपोर्ट नेगेटिभ आएको जानकारी ऋचा आफैले फेसबुकमार्फत दिएकी हुन् ।
उनले कोरोनाको रिपोर्ट नेगेटिभ आएपछि सामाजिक सञ्जालमा लेखेकी छिन्, ‘कोरोनाको यस महामारी एक अटुट सत्य हो र यसबाट सकेसम्म आफु र आफ्नो परिवारको सुरक्षा गर्नु हामी सबैको दायित्व ।’
उनले कि पढेर जानिन्छ कि परेर भन्दै अगाडी लेखेकी छिन्, ‘भयावह अवस्थाबीच म पनि कोरोना संक्रमित हुन पुगे ।’ ऋचा आफुले कोरोना जित्नलाई के गरीन्, कस्तो खानपान खाइन् र कस्तो जीवनशैली अपनाइन् भन्ने बारेमा छिटै जानकारी गराउने पनि बताएकी छिन् ।
ऋचा शर्माले फेसबुकमा लेखेकी छिन्, ‘विश्वव्यापी कोरोनाको यस महामारी एउटा अटूट सत्य हो र यसबाट सकेसम्म आफु र आफ्नो परिवारको सुरक्षा गर्नु हामी सम्पूर्णको दायित्व । भनिन्छ की पढेर जानिन्छ की परेर । यस भयावह अवस्था बिच म पनि कोरोना बाट संक्रमित हुन पुगे । पछिल्लो तीन हप्ता देखि सेल्फ क्वारेंटीनमा बसी अब सम्पूर्ण रुपमा स्वथ्य भएको छु कोरोनाको बारे हामीलाई अझै स्मपुर्ण ज्ञान नभएको, नयाँ फाइंडिंगहरु आइरहेको र नेपाल जस्तो विकासोन्मुख देशमा यसरी फैलीदा आफु तथा आफ्नो परिवारको सुरक्षा गर्न म तपाईहरु सबैलाई विनम्र अनुरोध गर्छु । कोरोना जित्न मैले के गरे, खानपान्, जिवन शैली बारे छिटै यहाँहरु लाई जानकारी गराउने छु । यो बिच म सम्पूर्ण अग्रपंक्तिमाँ रहेर हामीलाई सेवा पुर्याउनुहुने समपूर्णलाई नमन गर्दछु।सतर्क रहनुस, स्वस्थ रहनुस