हिपमत डटकम

मंगलबार, कार्तिक १८, २०७७ || 791  पटक पढिएको

टर्कीको इजमिर शहरमा भूकम्पले ढलेको अपार्टमेन्टमा पुरिएकी बालिकाको ९१ घण्टापछि जीवितै उद्धार भएको छ । उद्धारकर्मीहरुले थर्मल ब्ल्याङकेटमा बेरेर यी बालिकालाई एम्बुुलेन्समा लगेका थिए । उनीहरुले ‘भगवान् महान् छन्’ भन्दै ताली बजाए ।

स्थानीय मिडियाकाअनुसार जीवितै उद्धार गरिएकी यी बालिका तीन वर्षीय आईदा गिजगिन हुन् । शुक्रबार अजियन समूून्द्रमा भूूकम्पको शक्तिशाली धक्का जाँदा टर्की, ग्रिस, मेसिडोनिया र बुल्गेरिया प्रभावित भएका थिए । ७ रेक्टर स्केलको भूकम्प गएपछि ९१ घण्टासम्म यी बालिका भग्नावेशषमै थिइन् ।

यसरी भयो उद्धार
उद्धारकर्ता नुस्रत अक्सोयका अनुसार उनले बालिका चिच्याएको सुनेपछि आफ्ना सहकर्मीहरुलाई चुप रहन भनेका थिए । त्यसपछि आवाज पछ्याउँदै उनीहरु बालिका भए ठाउँसम्म पुुग्ने प्रयासमा थिए । कंक्रिटको ब्लकबीच उनीहरुले बालिकाको पाखुरा देखें, त्यसपछि उनीहरु ती बालिकासँग बोलेका थिए । उद्धारकर्ताहरुका अनुसार बालिकाले हात हल्लाइन्, अनि नाम बताउँदै आफु सशुकल रहेको जानकारी दिइन् ।

त्यसपछि उनले पानी र आयरान (टर्किसहरुमाझ निकै प्रसिद्ध दही र पानी मिसिएको पेय पदार्थ) मागिन् । एक उद्धारकर्मीका अनुसार आयदा किचेनमा भेटिएकी थिइन्, भाँडा माझ्ने मेसिन र वासिङ मेसिनका कारण उनी जोगिएकी थिइन् । उनलाई कुनै चोट लागेको थिएन ।

आयदाको सकुशल उद्धार भएपनि उनकी आमालाई भने उद्धारकर्मीहरुले मृत अवस्था भेटेको टर्कीको आन्तरिक मन्त्रालयले जनाएको छ । यसअघि सोमबार एक तीन वर्षीया बालिका र १४ वर्षीया किशोरीको पनि इज्मिरमा जीवितै उद्धार भएको थियो । मंगलबारसम्म टर्कीमा भूकम्पबाट ज्यान गुमाउनेको संख्या १ सय २ पुुगेको छ । त्यस्तै, इज्मिरमा थप १ हजार जना घाइते छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!