हिपमत डटकम

सोमबार, कार्तिक ०३, २०७७ || 910  पटक पढिएको

पूर्ण रुपमा स्वस्थ रहनका लागि शरीर, मन र आत्मा तीनै पक्षलाई ध्यान दिन आवश्यक छ। कोरोना महामारीबीच घरमै बसेर पनि स्वस्थकर जीवनशैली अपनाउन सकिन्छ। दीर्घकालीन रोगले ग्रसित र ६५ वर्षभन्दा माथिका व्यक्तिले मात्र नभई जवान स्वस्थ व्यक्तिले समेत व्यायामलाई समय दिनुपर्छ। फोन र टिभीमा मात्र समय व्यतित गर्नुको सट्टा आफ्ना बालबच्चालाई समेत आफूसँगै रोचक तरिका अपनाउँदै व्यायाममा लगाउनुपर्छ।व्यायामका फाइदा;रोग प्रतिरोधात्मक क्षमता बढाउने अंग-प्रत्यंग सक्रिय र बलियो राख्ने, मनोवैज्ञानिक सन्तुलन कायम राख्ने तनावमुक्त बनाई राम्रो निद्रा लाग्ने आत्मबल बढाउने र आत्मसन्तुष्टि कायम गर्ने ।

केही सरल तर हामीले मतलब नगरेका व्यायामहरु जुन को भिड नलागेकाले र लागेर निको भइसकेका व्यक्तिहरूले समेत सावधानी साथ फिजियोथेरापिस्टको उचित परामर्श लिई गर्न सक्छन्।शारीरिक व्यायाम;मांसपेसीका लागि;१. मांसपेसी तन्काउने व्यायाम: घाँटी, कम्मर, हात-खुट्टा तन्काउने। २ मांसपेसी बलियो बनाउने व्यायाम: स-साना भार उचाल्ने, पुस-अप, स्क्वाट, लन्जेज आदि।

३. सन्तुलन राख्ने व्यायाम: एक खुट्टामा उभिने, बल एक्सरसाइज आदि। ४. लामो समय एउटै पोजि सनमा नबस्ने र आफू बसेको पोस्टर सही छ या छैन ध्यान दिने नत्र बस्दा बस्दै पनि अनेक समस्या निम्तिन्छ।मुटुका लागि ; आफ्नो आँगनमा हिँड्ने: ३०-४५ मिनेट प्रतिदिन हिँड्ने अथवा जोगिङ गर्ने। कम्तीमा ७०००-१०००० पाइला तिदिन शारीरिक सक्रियताको परिभाषा हो।

५ . घरको सिँढी माथितल हिँड्ने: कम्तीमा २-३ पटक प्रतिदिन १०-१५ मिनेट (घुँडाको समस्या नभएमा)।३. स्किपिङ, नृत्य, एरो बिक्स आदि।श्वासप्रश्वासका लागियी व्यायाम को भिड संक्र मणबाट निको भइसकेका स्वस्थ र श्वास फेर्नमा समस्या भएका व्यक्तिले सावधानी साथ फिजियोथेरापिस्टको उचित परामर्शमा अवलम्बन गर्न जरुरी छ।- गहिरो श्वास: एउटा हात छाती र अर्को पेटमा राखी फोक्सो र पेटको चाल महसुस गर्दै नाकले लामो श्वास तान्ने,५ सेकेन्ड रोक्ने र ओठलाई सिठी बजाएको जस्तो गरी विस्तारै बाहिर फ्याल्ने। श्वास तान्दा पेट फुल्छ र छोड्दा खुम्चिन्छ।

हमिङ: नाकले लामो श्वास तान्ने र जिब्रोलाई मुखको तालुमा राखेर माहुरी कराएको जस्तो गरी ध्वनि निकाली श्वास बाहिर फ्याल्ने। यस प्रक्रियाले नाइट्रिक अक्साइडको उत्पादन बढाई नशा प्रणाली, रक्त सञ्चालन र अक्सिजन फ्लो राम्रो गर्छ।- मुस्कुराउने: हात दुवै साइड तन्काएर लामो हाई गर्ने र हात तल झारेर ३ सेकेन्ड मुस्कुराई श्वास बाहिर फ्याल्ने। एक मिनेटसम्म यो प्रक्रिया दोहोर्‍याउने।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!