इलामकी प्रतिनिधिसभा सदस्य (सांसद) सानु शिवाको ५८ वर्षको उमेरमा आज विहान १०:३० बजे निधन भएको छ ।
काठमाडौं मेडिकल कलेजमा उपचारको क्रममा उनको निधन भएको हो । सानु शिवाले नेकपाको तर्फबाट समानुपातिक सिटमा सांसद् पदमा निर्वाचित भएकी थिइन् । उनको मृर्गौला २०६३ सालमा भारतको तामिलनाडुमा प्रत्यारोपण गरिएको थियो भने त्यसको एक वर्षपछि पाठेघरमा ट्यूमर भएको थियो । मुटुको भल्व पनि फेरिएको थियो । अचानक स्वास्थ स्थितीमा समस्या भएपछि अस्पातल भर्ना गराएको थियो ।