गृहमन्त्री रामबहादुर थापा बादलले बलात्कारका घटना रोक्न सरकारले अधिकतम प्रयत्न गरिरहेको बताएका छन् । तर पछिल्लो समय औसतमा प्रत्येक दिन ६/७ जना बलात्कृत हुने गरेको देखिएको उनले बताएका छन् ।  राज्य व्यवस्था तथा सुशासन समितिको बुधबार बसेको बैठकमा गृहमन्त्री बादलले भने, ‘बलात्कारका घटनालाई रोध्न रोक्न सरकारको तर्फबाट निष्ठापूर्वक अधिकतम प्रयत्न गरिरहेका छौं ।’ बलात्कारीलाई फाँसी दिनुपर्ने महिला सांसदहरुको मागतर्फ संकेत गर्दै उनले कानुनमा कमजोरीहरु छन् कि भन्ने बहस भइरहेको बताए । तर यसबारे थप केही बताएनन् । समितिमा प्रहरी महानिरीक्षकलगायतलाई बोलाइएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!