हुम्लाको लाप्चास्थित नेपाली भूभागमा चीनले भवनहरू बनाएको भन्ने खबरको काठमाडौंस्थित चिनियाँ दूतावासले खण्डन गरेको छ । दूतावासका प्रवक्ताले मंगलबार राति निकालेको विज्ञप्तिमा चीनले भवन बनाएको भूभाग चीनकै रहेको र यसबारे नेपालले थप प्रमाणीकरण गर्न सक्ने जनाइएको छ । दूतावासले चीन र नेपालबीच कतै पनि सीमा विवाद नरहेको पनि दोहोर्याएको छ । हुम्लाको नाम्खा गाउँपालिका–६ को लाप्चास्थित ललुङजम क्षेत्रमा नेपालीले भोगचलन गर्दै आएको क्षेत्रमा चीनले भवनहरू बनाएको खबर सार्वजनि भएको थियो । खबर आएलगत्तै हुम्लाका प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी गिरीको नेतृत्वमा गएको टोलीले सने क्षेत्रको स्थलगत अध्ययन गरेको थियो । यस विषयमा नेपालको परराष्ट्र मन्त्रालयले भने केही प्रतिक्रिया दिएको छैन ।