शेयर बजारमा यस सप्ताह भएको कारोबारको शेयर पुँजी नेप्से इतिहासमै नयाँ रेकर्ड कायम गरेको छ । सप्ताहको अन्त तीर बजार पुँजीकरण लगभग २० खर्ब बराबरको भएको हो ।
सप्ताहको शुरुवात विभिन्न उतार चढाबमा भएता पनि अन्त सकारात्मक देखिएको छ । भाद्र २८ गते आइतवार देखि आसोज १ गते विहिवार सम्म नेप्से इन्डेक्स ५१ प्वाइन्टले बढेको छ ।
यस स्पताहमा सब भन्दा बढी हाइड्रपावर क्षेत्रमा आकर्षण देखिएको हो भने होटल इन्डेक्स १५ प्रतिशत सम्म बढ्न सफल भएको छ । त्यस्तै बैंकिङ्ग क्षेत्रमा पनि लगानीकर्ताहरुको आकर्षण बढ्न थालेको छ ।
गत सप्ताहमा हाइड्रोपावर र होटल ओरालो तिर लागेको थियो भने यस सप्ताहमा राम्रो प्रर्दशन गरेको हो । त्यस्तै बैंकिङ्ग क्षेत्र पनि विगत सप्ताह भन्दा यस सप्ताहमा सकारात्मक देखिएको छ ।