भारतीय काँग्रेसका नेता राहुल गान्धीले भारत सरकारले कोभिड १९ का सङ्क्रमित स्वास्थ्यकर्मीहरुको बेवास्ता गरेको आरोप लगाएका छन् । उनले भारतीय सरकारले कोभिड १९ को उपचारमा खटिरहेका भारतका स्वास्थ्यकर्मीहरुको तथ्यांक नराखेको र बेवास्ता गरेको बताएका हुन् ।

काँग्रेस नेता गान्धी भारतको वर्तमान सरकारको आलोचना गरिरहनुभएको छ । पछिल्लो समयमा उनले कोभिडको उपचारमा खटिँदा सङ्क्रमित भएका स्वास्थ्यकर्मीकै तथ्यांक नराखेको भन्दै सरकारको विरोध गरका हुन् ।

उनले शुक्रबार आफ्नो ट्वीटर अकाउन्टमा भने– भारतको केन्द्रीय सरकारले जवाफ देओस कि किन भारतमा कोभिडका योद्धाहरु यसरी अपमानित भएका छन् ? किन उनीहरुलाई यसरी बारम्बार बेवास्ता गर्ने गरिन्छ ? उनले प्रश्न गरेका छन् ।

बिहीबार मात्र भारतको सरकारले कोभिडका विरुद्धमा उपचारमा संलगन भएका अथवा नभएका गरी स्वास्थ्यकर्मीको यकिन तथ्यांक सरकारसँग नरहेको जानकारी गराएको थियो । केन्द्र सरकारको सो भनाईको बिहीबार पनि काँग्रेसले कडा विरोध गरेको थियो । आज पुनः नेता गान्धीले ट्वीट गरेर विरोध गरेका हुन् ।

बिहीबार मात्र पनि भारतीय काँग्रेसका नेताहरुले पछिल्लो समयमा कोभिड १९ का कारणले भारतमा बेरोजगारी दर निकै बढेको भन्दै रोजगारीका अवसरहरु तयार पार्न सरकारसँग कुनै योजना नभएको भन्दै विरोध गरेका थिए

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!