मोरङ प्रहरीले कर्तव्य ज्यान मुद्दाका फरार अरोपी विनय कुमार सरदारलाई सुनसरीको बराहक्षेत्र ११ मधुवनबाट पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोली भाद्र २९ गते सोमवार वेलुकी ८ः३० बजे फरार अरोपी सरदारलाई पक्राउ गरेको प्रेश विज्ञप्ती मार्फत जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।

मोरङ बेलबारी नगरपालिक वडा नं. ५ तेलकुडी बस्ने धर्मलाल सरदारको छोरा बर्ष ३१ को विनय कुमार सरदार धारिलो हतियारको प्रयोग गरी चन्द्र कुमार राईलाई कर्तब्य गरी मारेको कर्तब्य ज्यान मुद्दाका प्रतिवादी हुन् । यस विषयमा थप अनुसंधान भई रहेको प्रहरी कार्यालयद्वारा जारी विज्ञप्तीमा उल्लेख रहेको छ ।

आरोपी विनय कुमार सरदार २०७७।०५।१२ गते जिल्ला मोरङ वेलबारी नगरपालिका वडा नं. ५ कसेनी स्थित लोहन्द्रा खोलाको किनारा छेउमा धारिलो हतियारले चन्द्र कुमार राईलाई कर्तब्य गरी मारेको कर्तब्य ज्यान मुद्दाका फरार आरोपी हुन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!