बिराटनगरमा घरजग्गा व्यवसायीद्वारा आन्दोलन

घरजग्गा व्यवसायीद्वारा आन्दोलन

शुक्रबार, भाद्र २६, २०७७ || 874  पटक पढिएको

मोरङका घर जग्गा कारोबार व्यवसायीहरुले सरोकारवाला निकायले कित्ता काट खोल्न गरेको निणर्य कार्यन्वयन नगरेको अरोप लगाउदै आन्दोलन सुरु गरेका छन । भूमि व्यवस्था मन्त्री पद्मा अर्यालले गत भदौ २२ गते सूचना जारी गरी ४ वर्ष अगाडिकै अवस्थामा जग्गाको कारोबार खुलाउने गरी मातहतका कार्यालयलाई गरिएको पत्राचारलाई कर्मचारीले धोती लगाईदिएपछी आन्दोलन सुरु गरिएको हो ।

शुक्रबार मोरङका घर जग्गा कारोबार व्यवसायीहरुले आन्दोलन स्वरुप मालपोतकालयको गेट एक घण्टा बन्द गरेर आन्दोलन गरेका थिए । घर जग्गा व्यवसायी संघ मोरङका अध्यक्ष घनश्याम पोखरेलका अनुसार कित्ता काट खोल्न गरेको सरकारी निणर्य कार्यन्वयनको माग गरिएको छ । विगत ३७ महिनादेखि जग्गाको कित्ताकाट (खण्डिकरण) रोकिँदा घरजग्गा व्यवसायको क्षेत्रमा भएको खरबौं लगानी जोखिममा थियो । पोखरेलका अनुसार सरकारको निर्णय अनुसार काम अगाडि बढाउनुको सट्टा मालपोत कार्यालहरुले सो निर्णय कार्यान्वयन गर्न आनाकानी गरिरहेको छन । भू–उपयोग नियमावली जारी भई भू–उपयोग नक्सा डाटा तयार गरी स्थानीय तहलाई हस्तान्तरण भएपछि सोका आधारमा हुने गरी र हाललाई भू–उपयोग ऐन २०७६ र प्रचलित कानूनको परिधिमा रही जग्गाको कित्ताकाट सम्बन्धी व्यवस्था खुलाउन विभागमार्फत मातहत कार्यलहरुमा निर्देशन दिने भनि गरेको पत्राचारले अहिले जग्गाको कित्ताकाट गर्न गराउन कुनै बाधा नरहेको पोखरेलको दावी छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!