शुक्रबार, भाद्र २६, २०७७ || 871  पटक पढिएको

मिथिला नाट्यकला परिषद (मिनाप) जनकपुरधामको अगुवाईमा समस्यामा परेका स्थानीय कलाकारहरुलाई रहत स्वरुप आर्थिक सहयोग वितरण गरेको हो ।
नेपालकै सबभन्दा पुरानो नाट्य संस्था मिनापको अगुवाईमा मिनापका केहि कलाकार सहित स्थानीय समाज सेवी, बुद्धिजिवि, व्यापारी, संघ–संस्थाहरुबाट उपलब्ध आर्थिक सहयोग जनकपुर क्षेत्रका कलाकारहरुमा वितरण गरिएको हो ।
साँस्कृतिक जगेर्ना सहित अभिनयलाई नै आफ्नो जीवनको लक्ष्य बनाएका स्थानीय कलाकारहरु समस्यामा परेकाले राहत वितरण गरेको मिनापका महासचिव शैलेन्द्र मल्लिकले हिपमत डटकमलाई जानकारी दिए ।
स्थानीय मैथिली भाषामा नाट्क सहित गीत संगीत तथा नृत्य क्षेत्रमा लागेका कलाकारहरु पाँच महिनाको लामो लकडाउनले बेरोजगार भएका छन् । अभिनय मात्रलाई आफ्नो कर्म बनाएका कलाकारहरु काम न पाएर समस्यामा परेका छन् ।
कलाकार प्रति तीनै तहको सरकारको उदासीनताले कलाकारहरु समस्यामा परेका छन् । प्रदेश नं. २ का समाजिक विकास मन्त्री माननिय नवलकिशोर साह संग यस विषयमा कुरा गर्दा आश्वासन बाहेक अरु केही न पाएको मिनापका अध्यक्ष परमेश्वर झाले गुनासो गरे । साथै वहाँले समस्यामा परेका कलाकारहरुलाई आ–आफ्नो क्षेत्रबाट सहयोग गर्न सबै संग आग्रह समेत गरेका हुन् ।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!