रुस र चीनका ह्याकरले अमेरिकी राष्ट्रपतिको चुनाव प्रभावित पार्ने प्रयास गरिरहेका छन् । माइक्रोसफ्टले ह्याकरहरुले अभियान नै चलाइरहेको खुलासा गरेको छ ।
अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले माइक्रोसफ्टले ह्याकरहरु सन् २०१६ मा जस्तै राष्ट्रपतिको चुनाव प्रभावित पार्न सक्रिय रहेको जानकारी दिएको उल्लेख गरेका छन् । डोनाल्ड ट्रम्प र जो बिडेनका अभियानकताृहरु साइबर रेडरको दृष्टिमा रहेको बुझिएको छ ।
३ नोभेम्बर सन् २०२० को अमेरिकी राष्ट्रपतिको चुनाव हुन गइरहेको छ । यसअघि २०१६ को चुनावमा पनि ह्याकरहरुको संलग्नता देखिएको थियो ।