बिहिबार, भाद्र २५, २०७७ || 689  पटक पढिएको

सुदूरपश्चिम प्रदेशमा हालसम्म ५८ जना स्वास्थ्यकर्मी र १२४ जना सुरक्षाकर्मी गरी २०९ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार बुधबारसम्म यहाँ सुरक्षाकर्मीमा पनि नेपाली सेनामा बढी सङक्रमित रहेका छन् ।

कैलालीको गोरुङ्गेस्थित सेनाको सुदूरपश्चिम तालिम शिक्षालयमा ६७ र डोटीस्थित सैनिक गणमा २४ जना सैनिकमा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य निर्देशनालयले जनाएको छ । तालिम शिक्षालयमा सुरुमा चार जनामा लक्षणसहितको कोरोना पुष्टि भएको थियो ।

अहिले चारै जना सैनिकको टीकापुर अस्पतालमा उपचार भइरहेको छ ।त्यसैगरी स्वास्थ्य निर्देशनालयले सङ्क्रमितको संम्र्पकमा आएको व्यक्ति पहिचान गर्न १०५ वटा सिआइसिटी टोली सुदूरपश्चिम प्रदेशभर खटिएको निर्देशनालयका कोभिड–१९ का सम्र्पक व्यक्ति हेमराज जोशीले बताए । “यो टोलीले अहिलेससम्म सुदूरमा संक्रमितहरुको सम्र्पकमा आएका नौ हजार ७० जनाको स्वाब संकलन गरिसकेको छ,” उनले भने,“यहाँ कन्ट्रयाक टे«सिङबाट अहिलेसम्म १०६ जना सं सङ्क्रमित फेला परेका छन् ।”

त्यसैगरी कोरोना भाइरस स सङ्क्रमण न्युनीकरणका लागि अग्रपंक्तिमा खटिएका बैतडी बाहेक यहाँका आठ वटा जिल्लामा स्वास्थ्यकर्मीहरुमा कोरोना सङ्क्रमण देखिएको छ । यहाँ सबैभन्दा बढी अछाम जिल्लामा ४१ जना स्वास्थ्यकर्मीमा कोरोना सङ्क्रमण देखिएको निर्देशनालयले जनाएको छ । त्यसैगरी बझाङ्गमा एक, बाजुरामा सात, डडेल्धुरामा दुई, दार्चुला र डोटीमा एक÷एक, कैलालीमा २६ र कञ्चनपुरमा छ जना स्वास्थ्यकर्मीलाई सङ्क्रमण पुष्टि भएको छ ।

सुरक्षाकर्मीतर्फ डडेल्धुरा बाहेक सबै जिल्लामा सङ्क्रमण देखिएको छ । जनप्रतिनिधी र अन्य सरकारी कर्मचारीमा पनि सङ्क्रमण देखिएको स्वास्थ्य निर्देशनालयको तथ्याङ्कले देखाएको छ । “जनप्रतिनिधी र कर्मचारी गरी यहाँ विभिन्न जिल्ला गरी २६ जनामा सङ्क्रमण देखिएको छ ।” कोभिड–१९ का सम्र्पक व्यक्ति जोशीले भने–“ भारतबाट अन्य मुलुकबाट आएका १०१ जनामा पनि यहाँसङ्क्रमण देखिएको छ ।”

त्यसैगरी ट्रावल हिस्ट्री नै नभएको ४२ जनामा कोरोना सङ्क्रमण देखिएको निर्देशनालयले जनाएको छ । प्रदेशमा हालसम्म ६ हजार एक सय ४५ जनामा सङ्क्रमण देखिएकोमा बुधबारसम्म पाँच हजार नौ सय ९३ जना निको भइसकेका छन् । “एक हजार २६३ जनाको रिपोर्ट आउन बाँकी छ ।” उहाँले भन्नुभयो–“ यहाँ धनगढी, डडेल्धुरा, डोटी र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा कोरोना परीक्षण भइरहेको छ ।”
ती मध्ये २९५ जना आइसोलेसनमा बसिरहेका छन् । भने बाँकी होम आइसोलेसनमा रहेका छन् ।सङ्क्रमित मध्ये यहाँ एक जनाको आइसियु र अर्को एक जनाको भेन्टिरलेटरमा उपचार भइरहेको छ । यद्यपि आसियु र भेन्टिलेटरमा राख्नुपर्ने अवस्थाका बिरामीहरुको संख्या बढेपछि यहाँ समस्या हुने देखिएको छ ।

सुदूरपश्चिममा आइसियु र भेन्टिलेटरको अभाव छ । हालसम्म सुदूरमा ११ जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भइसकेको निर्देशनालयले जनाएको छ । उमेर समुहका आधारमा हेर्ने हो भने यहाँ सबैभन्दा बढी एक हजार आठ सय ७५ जना २० देखि २९ बर्ष उमेर समुहका सङ्क्रमित रहेका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!