बिहिबार, भाद्र २५, २०७७ || 538  पटक पढिएको

बलिउड अभिनेत्री कंगना रनौतको अफिसमा कथित रुपमा अनाधिकृत निर्माण हटाउनका लागि गरिएको कारवाही पश्चात् मुम्बई महानगरपालिकाले डिजाइनर मनिष मल्होत्रालाई नोटिस जारी गरेको छ । बीएमसीको नोटिसमा भनिएको छ, ‘मुम्बई महानगरपालिका कानून, १८८८ को सेक्सन ३५१(१) र चार अप्रिल, २०१३ को अधिसूचनाका अनुसार यो नोटिस जारी गरिएको छ कि मनिष मल्होत्राले अनुमति बिना आफ्नो आवसीय परिसरमा निर्माण कार्य गरेका छन् ।’ बीएमसीले मनिष मल्होत्रालाई उनको परिसरमा निर्माण गरिएको कार्यलाई किन नभत्काउने भन्दै स्पष्टिकरणका लागि माग गरेको छ ।

यो नोटिसको जवाफ दिनका लागि मनिषलाई सात दिनको समय पनि तोकिएको छ । बीएमसीको नोटिस अनुसार मनिष मल्होत्राले आफ्नो घरको पहिलो तल्लालाई आवासीयबाट व्यावसायिक अफिसको रुपमा प्रयोग गर्नका लागि कुनै अनुमति लिएका छैनन् । यसबाहेक उनीमाथि अनधिकृत निर्माण र पुरानो डिजाइन परिवर्तन गरेको पनि आरोप छ ।

यसअघि बुधबार बम्बई उच्च अदालतले कंगनाको अफिसमा बीएमसीको कारवाहीमाथि रोक लगाएको थियो । उच्च अदालतले बीएमसीको यो कारवाहीमा आफ्नो जवाफ दिनका लागि निर्देशन दिएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!