बुधबार, भाद्र २४, २०७७ || 581  पटक पढिएको

कञ्चनपुरमा डिउटीमा खटिएका बेला ढलेर बेहोस भई उपचारका क्रममा मृत्यु भएका प्रहरी जवानको हत्या आशंका गरिएको छ।

मृतक डडेल्धुराको अजयमेरु गाउँपालिका २ घर भएका प्रहरी जवान सुरेन्द्र कुमार ऐरका परिवारले हत्याको आशंका गरेका हुन्।

मृतकका भाई ईन्द्र ऐरले उनको टाउको र छातीमा चोट देखिएको, शरिरमा खुट्टादेखि टाउको सम्म वालुवा लागेले हत्याको आशंका लागेले घटनाको निष्पक्ष अनुसन्धानको माग गरेका छन् ।

उनले आफ्नो दाजुको उमेर २२ वर्ष मात्र पुगेकाले ह्रदय घात भएको दावीमा सत्यता नभएको बताए। दंगा नियन्त्रण प्रहरी गण बंकमा कार्यरत ऐर शुक्रबार राती १२ बजेको समयमा ५ नम्बर पोष्टमा डिउटीमा खटिएका बेला एक्कासी ढलेर बेहोस भएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!