हिपमत डटकम
काठमाडौं,२९ पौष :वर्षमास लाग्यो कि हामी विषालु सर्पले टोकेर धेरै मान्छेहरु मरेको खबर अखबार, टेलिभिजन तथा रेडियोमा पढ्न, हेर्न तथा सुन्न पाउँछौ । यसरी मर्नेहरुमा कति त विष नै नभएका सर्पको टोकाइमा पर्नेहरु पनि छन् । किनभने, हामी धेरैलाई के भ्रम छ भने, सर्प भन्ने वित्तिकै त्यो विषालुनै हुन्छ । यही भ्रमले पैदा गर्ने मानसिक त्रास पनि कहिले काही सर्पको टोकाई मृत्युको कारण बन्न पुग्छ ।
तर वास्तविकतामा चाहिँ सबै सर्पहरु विषालु हुन्छन् भन्ने कुरा सत्य होइन । सबै साँपहरु विषालु हुँदैनन । अति थोरै साँपहरु मात्रै विषालु हुन्छन् ।
संसारमा साँपका लगभग ३००० प्रजातिहरु छन् । तीमध्ये करीब ४१२ वटा प्रजातिहरु मात्र विषालु हुन्छ । फेरि ती विषालु साँपहरुमध्ये पनि सबै साँपको विष मान्छे मार्ने हदको खतरनाक हुँदैन । करीब २०० वटा प्रजातिका विषालु साँप विषले मात्रै मान्छेलाई मार्न सक्छ ।
नेपाल तथा भारततिर पाइने साँपहरुमा सबैभन्दा विषालु साँप करेत हो । तर यो नै संसारको सबैभन्दा विषालु साँप चाहिँ होइन । संसारकै सबै भन्दा विषालु साँप अष्ट्रेलियामा पाइने इनल्याण्ड ताइपान (Inland Tiapan) हो । यसको वैज्ञानिक नाम (Oxyuranus microlepidotus) हे । यो सँपको विषको ०.०१७ मिलिग्राम मात्रा पनि मुसालाई मार्न पर्याप्त हुन्छ । त्यसैगरी, त्यसको ६ मिलिग्राम मात्राले मान्छेलाई नै मार्छ । तत्कालै उपचार पाएन भने मान्छे ठहरे मर्छ ! अझ खातरनाक कुरा ते के छ भने, यो साँपको विषग्रन्थी नै ठुलो हुन्छ र त्यसमा ४०० मिलिग्रामसम्म विष हुन्छ । यो मात्रा भनेको ८० जना मान्छे वा ११८ वटा भेंडा मार्न पर्याप्त मात्रा हो ।
तर स्तनपायी जनवारहरुको लागि सबैभन्दा खतरनाक सर्प चाहिँ टाइगर स्नेक (Tiger snake) हो । अस्ट्रेलियाको दक्षिणी क्षेत्र तथा केही तटीय द्वीपहरुमा पाइने यस सर्पको वैज्ञानिक नाम (Notechis scutatus) हो । यो सर्पको ३५ मिलिग्राम विष मात्रै पनि ११८ वटा भेंडा मार्न पर्याप्त हुन्छ । अहिले सम्म थाहा भएका सर्पहरुका विषमध्ये यही सपृको विष नै स्तनपायी जनवारहरुको लागि सबै भन्दा घातक मानिएको छ ।
अर्को अफ्रिकन बोइगा (African Boiga) साँप हो । यसको वैज्ञानिक नाम (Dipsas dendrophila) को विष नै अत्यन्तै घातक हुन्छ । यसको ०.०००२ मिलिग्राम मात्रै विष पनि एउटा परेवा मार्नको लागि पर्याप्त हुन्छ । यसको विष यस्तो अत्यन्तै घातक मात्रै हैन,शिकारलाई ठाउँको ठाउँनै ठहरै पारिहाल्न सक्ने खालको हुन्छ । भन्नुको अर्थ के हो भने, यसको विष तुरुन्त असर गर्ने खालको समेत हुन्छ । विषेश गरि यो साँप चराहरुको शिकार गर्दै रुखमा मात्रै बस्ने हुनाले त्यसको शिकार भुइमा खस्न नपाओस वा उडेर अन्यत्रै गई मर्न नपाओस् भनेर नै जान नदिनको लागि नै प्रकृतिले त्यस्तो व्यवस्था मिलाएको हुनुपर्छ ।