नेपालमा एक दुर्लभ माछा फेला परेको छ । प्रदेश नम्बर १ को मोरङ जिल्लामा अनौंठो माछा भेटिएको हो । यहाँको बेलबारी ६ स्थित नहरमा अनौठो प्रकारको माछा भेटिएको भन्दै स्थानिय चकित भएका छन् । सुनसरी–मोरङ सिँचाई आयोजनाको नहर अन्तर्गत सोमबारे र बनौल बिचको बिचपैनीमा बुधबार त्यस्ता २ वटा माछा देखिएको स्थानीयले जानकारी दिएका छन् । स्थानीय बयोवृद्ध अग्रज र माछा पाल्ने तथा यसको व्यवसायमा संलग्नहरुले समेत विगतमा यस्तो माछा कहिल्लै नदेखेको बताएका छन् । अहिले उक्त माछालाई त्यहाँका स्थानीयले जिवितै सुरक्षित राखेका छन् । फेला परेका माछाका विषयमा जीवशास्त्री वा संरक्षणविदहरुलाई अवलोकन गराएर जाकारी लिन चाहेको स्थानिय टेकनाथ शर्माले जानकारी दिनुभएको छ । अहिलेलाई ती माछा बेतना सिमसारमा बुझाउने र प्रांणीशास्त्रीहरुबाट त्यसको प्रजाती,विशेषता लगायतबारे पनि जान्ने प्रयास गरिरहेको शर्माले बताउनुभएको छ । आफुहरुले गुगल सर्च गर्ने क्रममा प्लेको जातको माछा हुनसक्ने अनुमान गरे पनि यसको बास्तविकता बुझ्ने स्थानियको चाहना रहेको पनि शर्माले जानकारी गराउनुभयो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!