मंगलबार, भाद्र २३, २०७७ || 625  पटक पढिएको

जहाँ बुद्धको आँखामा युद्धको धुकधुकी छ
जहाँ युद्धघोषका नाममा कलिङ्गी सोच छ
जहाँ करुणा क्रूरताको अवतार बन्दछ
जहाँ क्रूरताको अंध पूजा गरिन्छ
जहाँ नग्नतामा सौन्दर्यको बखान गरिन्छ
जहाँ बिषलाई अमृतपान ठानिन्छ
जहाँ अज्ञानलाई विज्ञान ,
शैतानलाई महान मानिन्छ
म त्यो देशको बासी हुँ
जहाँ विसर्जनलाई सृजन भनिन्छ
जहाँ प्रतिघात ,
हिंसा, प्रतिहिंसा आदर्श पाठ्यक्रम बन्दछ
जहाँ प्रज्ञाका नाममा स्तुतिवादी परम्पराका
कथावाचक र याचकहरुले प्राथमिकता पाउँदछन
जहाँ बासी, बकम्फुसे गफबाट
थाक्दैनन देशका तारणहारहरु
जहाँ नवनिर्माणका बहसहरुमा हावी रहन्छन
दास र लाशहरु
जहाँ अंधकारलाई हाकाहाकी उज्यालो बताइन्छ
हो म त्यस देशको बासी हुँ
जहाँ देशको अर्थ अझ खुल्नसकेको छैन
जहाँ समानता र सहअस्तित्वको अर्थ,
जहाँ भातृत्व र अपनत्वको अर्थ
अझ शब्दकोषमै सीमित छ
हे प्रभु मेरो देशलाई सह-चित्तको सहीअर्थ संझाइदेउ
बताइदेउ समत्व र साख्यभावको महत्व
तरवारवाद, कपट र घृणाको दर्शनबाट मुक्त
सहिष्णुता र मनुष्यताको नव मंत्र सुनाइदेउ
मेरो देशलाई हाम्रो देश बनाइदेउ

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!