सुशान्त सिंह राजपूतको निधनपछि रिया चक्रवर्ती थुप्रैको निशानामा परेकी छिन् । सोसल मिडियामा पनि रियाको विषयमा निकै नकारात्मक कमेन्ट गरिँदैछन् । यसैबीच दिग्गज अभिनेता शत्रुघ्न सिन्हाले सुशान्तका प्रशंसकलाई एउटा प्रश्न सोधेका छन् ।
शत्रुघ्न सिन्हाले भने, ‘म रियालाई चिन्दिनँ, तर यो थाहा छ कि उनी सुशान्तसँग नजिक थिइन् । यस्तो अवस्थामा सुशान्तका प्रशंसकबाट जान्न चाहन्छु कि रियासँग जस्तो व्यवहार गरिँदैछ, के त्यो देखेर सुशान्त खुसी होलान् ?’
सुशान्तले थपे, ‘यो केसमा कानूनलाई नै निर्णय लिन दिनुहोस् । मैले देखिरहेको छु कि थुप्रै मानिसहरुले यो विषयमा थुप्रै धारणा व्यक्त गरिरहेका छन् । तीमध्ये धेरै मानिसहरुले थुप्रै समयदेखि समाचारमा थिएनन् । उनीहरुले यो मुद्दामार्फत् मौका पाए । यो असाध्यै दुःखको कुरा हो ।’
शत्रुघ्न सिन्हाले यसअघि पनि महेश भट्ट र रिया चक्रवर्तीको च्याट लिक भएको बेला भनेका थिए, ‘यी कुराहरु यदि पेश गर्नु नै छ भने सिबिआईको अगाडि पेश गर्नुपर्छ । हामीलाई त यो पनि थाहा थिएन कि उनीहरु बीच कस्तो सम्बन्ध थियो, पिता, गडफादर वा अन्य कुनै । रियालाई मैले भेटेको छैन । महेश भट्टले के भने, कुन आधारमा भने, कस्तो सम्बन्ध थियो ? के उनी एक पिताको रुपमा उनलाई गाइड गरिरहेका थिए वा गडफादर थिए । मलाई यसबारे बोल्ने कुनै अधिकार छैन किनभने मलाई यसबारे केही जानकारी छैन । मैले त सायद महेश भट्टलाई पनि पाँच वर्ष अघि भेटेको थिएँ । त्यसैले मलाई लाग्छ कि सिबिआईको अगाडि यी कुरा राख्नुपर्छ ।’