शनिबार, भाद्र २०, २०७७ || 555  पटक पढिएको

लघुजलविद्युत् आयोजनामा क्षति पुगेपछि ढोरपाटन नगरपालिकाको बाढीग्रस्त क्षेत्रमा विद्युत् र सञ्चार सेवा विच्छेद भएको छ । बुधबार राति भुजीखोलामा आएको बाढीले ११ लघुजलविद्युत् आयोजनामा क्षति पु¥याएको छ ।

मोबाइल टावरमा विद्युत् आपूर्ति रोकिँदा सञ्चार अवरुद्ध भएको छ । सञ्चार सेवा विच्छेद हुँदा बेलैमा जानकारी लिनदिन र समन्वयमा कठिनाइको स्थिति छ । उद्धारकर्ता र सहयताकर्मीसँग पनि सम्पर्क स्थापित हुन सकेको छैन । विपद् स्थलमा नपुगेसम्म बाढी प्रभावितका भोगाइ र पीडा बाहिर आउन सकेका छैनन् । लघुजलविद्युत् आयोजनामा क्षति पुग्दा वडा नं. १, २, ५, ६, ७, ८ र ९ अन्धकारमय बनेको नगर उपप्रमुख करमती पुनले बताए । “भुजीखोलाका धेरैजसो आयोजनामा क्षति पुगेको छ”, उनले भने, “बिजुली नहुँदा उद्धार, व्यवस्थापनलगायतका काममा समस्या भइरहेको छ ।” क्षति पुगेका आयोजनामध्ये केही बृहत र कुनै आंशिक मर्मत, सुधार गर्नुपर्ने स्थिति छ ।

उनका अनुसार विद्युत् सञ्चालन गर्न केही समय लाग्ने देखिन्छ । केन्द्रीय विद्युतीकरण नभएका कारण त्यस क्षेत्रका सर्वसाधारण लघु जलविद्युत्का भरमा छन् । लामो समय विद्युत् अवरुद्ध भएपछि मोबाइल सेवा पनि प्रभावित हुने गर्छ । ब्याट्रीले केही घण्टा मात्र थेगेपनि त्यसपछि टावर बन्द हुन्छ । नेपाल टेलिकम बागलुङ कार्यालयका वरिष्ठ इञ्जिनीयर केशव शर्माले वडा नं. ७ बोबाङ र ९ ढोरपाटनमा रहेको टावरमा समस्या आएको बताए । “बोबाङ गाउँसम्म त मोबाइल लाग्छ, त्योभन्दा भने सम्पर्क टुटेको छ”, उनले भने, “दुवै टावरमा सौर्य ऊर्जा जडानको तयारी छ, सडक खुल्नासाथ हामी सामान लगेर काम थाल्छौँ ।” दुई-चार दिन भित्रमै सडक खुल्ने जानकारी पाएको उनले बताए ।

बाढीले बुर्तिबाङ–ढोरपाटन सडक ठाउँठाउँमा क्षतविक्षत पारेको छ । सडक अवरुद्ध हुँदा बाढी प्रभावितलाई राहत सामग्री पु¥याउनसमेत कठिनाइ भइरहेको छ । अहिले त्यस क्षेत्रमा पुग्न दोगाडीबाट झण्डै तीन घण्टा पैदल हिँड्नुपर्छ । बाढीले सबैभन्दा बढी वडा नं. ९ मा क्षति पु¥याएको छ । बाढीमा परी १६ जनाको मृत्यु भएको छ । बाइस जना अझै बेपत्ता छन् । बाढीबाट ८० घरमा पूर्ण र ५१ घरमा आंशिक क्षति पुगेको छ । एक स्वास्थ्यचौकी भवन, दुई विद्यालय, ११ झोलुङ्गे, पाँच ढलान र दश काठे पुलमा क्षति पुगेको जनाइएको छ

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!