शनिबार, भाद्र २०, २०७७ || 1564  पटक पढिएको

धादिङ, १९ भाद्र । एकजना युवकले मान्छेको टोउको झोलामा लिएर प्रहरी चौकी प्रवेश गरे । त्यो पनि रातको एक बजे । उनी प्रहरी कार्यालयको गेटमा पुगेपछि सुरक्षामा खटिएका प्रहरीबाट रोकिन्छन् । उनले आफूले कसैको हत्या गरेर टाउको ल्याएको भन्छन् ।

प्रहरीले रातको समयमा कुनै मानसिक अवस्था ठिक नभएको या लागूऔषध सेवन गरेर युवक त आएनन् भन्ठान्छन् । उनले झोला चेकजाँच गर्छन् । केही वजनदार गोलो वस्तु देख्छन् । लाइट बालेर हेर्दा झसङ्ग हुन्छन् । ती युवकले साँच्चै टाउको ल्याएको हुन्छन् ।

यो घटना जिल्ला प्रहरी कार्यालय धादिङमा घटेको हो । बिहिबार रातको १ बजे निलकण्ठ नगरपालिका खल्चेतका २६ वर्षीय युवक राजु परियारले सामान्य विवादको क्रममा ६५ वर्षीय सोमबहादुरको खुर्पा प्रहार गरी हत्या गरेको खुलेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!