अभिनेता सुशान्त सिंह राजपुतको न्यायका लागि भारतका अलवा विभिन्न देशबाट पनि आवाज उठ्न थालेको छ । हालै लन्डनमा एक ट्रकमा सुशान्तको तस्बिर लगाएर न्यायको आवाज उठाइएको छ । केहीदिन पहिले यस्तै माग अमेरिकाको क्यालिफोनर्नियामा पनि देखिएको थियो । अमेरिकापछि अष्ट्रेलियाको ७ बिलबोड्र्समा पनि यस्तै आवाज देखिएको छ ।

अहिले लन्डनमा पनि उनको न्यायका मागहरु उठिरहेका छन् । सुशान्तकी बहिनी श्वेताले न्यायका लागि आवाज उठेको ट्रकको फोटो र भिडियो इस्टाग्रामबाट शेयर समेत गरेकी छन् । जसमा उनले लेखेकी छन्– ‘लन्डनमा पनि सुशान्तको न्याय माग गर्दै आवाज उठ्यो ।’

गत १४ जुनमा सुशान्तको मृत्यु भएको थियो । उनको मृत्यको करिब तीन महिना हुन लाग्दा पनि यो केस अझै सुल्झिएको छैन । हरेक दिन यो केससँग जोडिएर नयाँ नयाँ खुलासा हुने गरेका छन् । सिबिआइले समेत यस बिषयमा अनुसन्धान गरिरहेको छ । अहिलेसम्म यो केसमा सुशान्तकी प्रेमिका रियाको अलवा उनका भाई शौविक, निजी स्टाफ नीरज सिंह, दीपेश सावन्तलगायतलाई सोधपुछ गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!