बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा कोरोना संक्रमित एक व्यक्तिको शल्यक्रिया गरिएको छ। प्रतिष्ठानको आकस्मिक कक्षमा भर्ना भएका मोरङका ७८ वर्षीयवृद्धको प्रोस्टेट (सम्भावित क्यान्सर)को सफल शल्यक्रिया गरिएको हो।

भदौ ९ गते प्रतिष्ठानको आकस्मिक कक्षमा भर्ना भएका वृद्ध बिरामीलाई जाँच गर्दा कोरोनाको कुनै लक्षण थिएन। बिरामीको ७ घण्टा अगाडिदेखि पिसाब पूर्ण रुपमा बन्द थियो। बिरामी चाँज गर्दा मूत्रथैलीमा रगत जमेको पाइयो। चिकित्सकले जाँच गरेपछि तत्काल शल्यक्रिया नगर्ने हो भने बिरामीको ज्यान जोखिममा पर्ने निस्कर्ष निकाले। तर, शल्यक्रिया गर्नु अगाडि बिरामीको पीसीआर रिपोर्ट नेगेटिभ हुनुपर्ने प्रावधानलाई थाती राखेर प्रतिष्ठानको युरोलोजी विभागका चिकित्सकहरुले पीसीआर रिपोर्ट बेगर नै बिरामीको शल्यक्रिया गरी बिरामीको ज्यान बचाएका छन्।

बिरामीको उपचारमा युरोलोजी विभागका प्रमुख डा. सुधिर सिंह, डा. आवाज काफ्ले, नर्सहरु सारदा सिवा र कविता लिम्बुको टोलीले सफल शल्यक्रिया गरी बृद्धलार्ई मृत्युको मुखबाट बचाएको छ। बिरामीको शल्यक्रिया सफल गरी उनलाई सर्जरी वार्डमा सारिएको छ। चिकित्सकको निगरानीमा उपचार भइरहेको वृद्धको पीसीआर विधीबाट परीक्षण गर्दा भदौ १० गते कोरोना पोजेटिभ पुष्टि भएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले बताए।

आफैँले उपचार गरेको बिरामीलाई कोरोना पोजेटिभ देखिएपश्चात उपचारमा संलग्न चिकित्सक र नर्सहरुमा केहिबेर अन्योलता देखिएको थिए। वृद्धको उपचारमा संलग्न डा.सुधिर सिंहले बिरामीको अबस्था चिन्ताजनक भएकाले पीसीआर रिपोर्ट बेगर नै शल्यक्रिया गरेको बताए। बिरामी अन्तिम अवस्थामा रहेको बेला चिकित्सकले पीसीआर रिपोर्ट पर्खिने कि बिरामीको ज्यान बचाउन लाग्ने ? डा सिंहले भने, ‘रिक्स मोलेरै भएपनी बिरामीको उपचार गरेकाले आत्म सन्तुष्ट मिलेको छ’।

कोरोना पोजिटिभ देखिएका वृद्धलाई प्रतिष्ठानको कोभिड अस्पतालमा केहि दिन राखेर डिस्चार्ज गरिएको छ। उनको अवस्था सामान्य रहेको डा. सिंहले बताए। ‘शल्यक्रियापश्चात पनि कोरोनाको कुनै लक्षण नदेखिएकाले परिवारका सदस्यलाई सावधानी अपनाएर होम आइसोलेशनमा राख्नु भनेर बिरामीलाई सोमबार डिस्चार्ज गरेका छौं,’ डा. सिंहले भने।

यता कोरोना पोजिटिभ देखिएका वृद्धको उपचारमा संलग्न सबै चिकित्सकहरुको पीसीआर चेक गर्दा सबैलाई कोरोना नेगेटिभ देखिएको छ। बिरामीलाई कोरोना पोजेटिभ देखिएपश्चात चारैजना तत्काल क्वारेनटाईनमा बसेर पाँचदिन पश्चात पीसीआर चेक गर्दा कोरोना नेगेटिभ देखिएको डा. सिंहले बताए। कोरोना नेगेटिभ देखिएपश्चात मंगलबारबाट चारैजना नियमित काममा फर्कने पनि उनले बताए।

शल्यक्रिया गर्दा बिरामीले पनि माक्स लगाएको र उपचारमा संलग्न सबैले पीपीई लगायतका सबै स्वास्थ्य सामाग्री लगाएका कारण अन्यमा संक्रमण नफैलिएको डा. सिंहको भनाई छ। सावधानी अपनाएकै कारण बिरामीका परिवारका अन्य सदस्यहरुलाई समेत पीसीआर चेक गर्दा कोरोना भाइरसको संक्रमण नदेखिएको डा. सिंहले बताए।

कोरोनाको यो महामारीको समयमा चिकित्सकले कुनै प्रभाव नगरी सफल शल्यक्रिया सम्पन्न गरेको भन्दै बिरामीका आफन्तले चिकित्सकहरुलार्य धन्यवाद दिएका छन्।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!