सोमबार, भाद्र १५, २०७७ || 1090  पटक पढिएको

हरेक विवाहित महिलाको चाहना हुन्छ, उनी आफ्नो श्रीमानलाई खुसी राख्न सकुन् । तर कतिपय कारण र श्रीमानको भावनालाई बुझ्न नसक्दा श्रीमतीले श्रीमानलाई खुसी पार्न सकिरहेका हुँदैनन् ।यस्तो अवस्थामा श्रीमती श्रीमान्लाई कसरी खुसी पार्ने भन्ने बिषयमा निकै चिन्तित भेटिन्छन् ।हामी १० यस्ता टिप्सहरु दिदैछौं, जसको पालना गरे तपार्इं आफ्नो श्रीमानलाई सहजै खुसी राख्न सक्नुहुनेछ ।

१. सुन्ने बानी बसाउँनुहोस् स् धेरै विवाहित पुरुषहरुको गुनासो हुन्छ, श्रीमतीले आफ्नो कुरामा ध्यान दिदैनन् । बरु श्रीमतीहरु नै आफ्नो कुरा मात्र सुनाउन चाहान्छन् । त्यसकारण आफू कम बोलेर श्रीमानको कुरा ध्यान दिएर सुन्नुभयो भने यसले तपाईको श्रीमानलाई खुसी पार्न सक्छ ।२. जिम्मेवारी बाँड्नुहोस् स् हरेक बिषयमा श्रीमान श्रीमतीको समान सहभागिता हुनुपर्छ । श्रीमानहरु बाहिरको काम गरी पैसा कमाउने र श्रीमती घरको काम गर्ने चलन अझै छ । तर श्रीमतीले पनि रोजगार गर्ने र श्रीमानका कामहरु बाँडेर लिएमा यसले तपाईंको श्रीमान्लाई खुसी पार्न सक्छ ।

३. श्रीमानको रुची बुझ्नुहोस् स् कतिपय महिला विवाहपछि आफ्नो आंकक्षा श्रीमानले पूरा गरुन् भन्ने चाहाना राख्छन् । तर श्रीमानको सौख र रुची के छ त्यसमा ध्यान दिदैनन् । त्यसैले तपाईंले श्रीमानको रुची र चाहना बुझेर त्यसमा ध्यान दिनु भयो भने यसले श्रीमानलाई खुसी पार्दछ ।४. धनको बचत गर्नुहोस् स् सबै त होइन तर अधिकाशं श्रीमती श्रीमानको कमाईको दुरुपयोग गर्छन् । अर्थात अनावश्यक रुपमा पैसा उडाउँछन् । तर कुनै पनि श्रीमानलाई यो राम्रो लाग्दैन । त्यसैले सपिङ्ग गर्दा श्रीमानको कमाईको बचत गर्नु भयो भने यसले श्रीमानलाई खुसी राख्ने गर्छ ।

५. यौन सुख दिनुहोस् स् यौन सुखका बिषयमा पुरुषहरु निकै संवेदनशील हुन्छन् । कामको चाप वा आफूमा यौन इच्छा नभएको बेला पनि श्रीमान्लाई यौन सुख दिनुपर्छ भन्ने होइन । तर श्रीमतीले श्रीमानको भावनाअनुसार यौन सुख दिन सके यसले श्रीमानलाई निकै खुसी तुल्याउने गर्दछ ।६. लामो विवाद नगर्नुहोस् स् हरेक श्रीमान आफ्नी श्रीमतीबाट सुझबुझको अपेक्षा गर्दछन् । तर कतिपय श्रीमतीहरु श्रीमान्सँग सानासाना बिषयमा पनि अनावश्यक विवाद वा बहस गरिरहेका हुन्छन् । यसले तपाईको श्रीमानलाई झर्को बनाउने गर्दछ । त्यसैले यस कुरामा ख्याल राख्नुहोला ।

७. एक्लै योजना नबनाउनुहोस् स् हरेक मानिसले स्वतन्त्रता पाउनुपर्छ । तर स्वतन्त्रताको नाममा बिना सल्लाह एक्लै निर्णय लिने बानीले तपाईंलाई श्रीमानबाट टाढा बनाउन सक्छ । तसर्थ कुनै पनि योजना बनाउनु अघि श्रीमानसँग अनिवार्य सल्लाह लिएमा यसले श्रीमानलाई खुसी पार्न सक्छ ।८. कुरा नलुकाउनुहोस् स् श्रीमान श्रीमतीको सम्बन्ध भनेको विश्वासको सम्बन्ध हो । त्यसैले श्रीमानलाई धोका हुने गरी कुनै पनि कुरा लुकाउनु हुँदैन । हरेक अप्ठेरो, समस्या, सफलता वा लाभ लगायतका कुनै पनि विषय श्रीमानसँग नलुकाउनुहोस् ।

९. श्रीमानको परिवारको सम्मान गर्नुहोस् स् आफ्ना आमाबुवा कसलाई प्यारो लाग्दैन । विवाहपछि श्रीमतीको मात्र होइन श्रीमानको पनि दुई परिवारमा समान सम्मान गर्नुपर्ने आमाबुबा हुन्छन् । यसमा श्रीमतीले माइतीमा झै घरका आमाबुबालाई पनि उत्तिकै सम्मान गर्नुपर्छ ।१०. श्रीमती होइन साथी बन्नुहोस् स् श्रीमान–श्रीमतीको सम्बन्ध साथीको झै हुनुपर्छ । श्रीमान उदास भए उसको दुखको कारण बुझ्नुपर्छ । कुनै समस्यामा भए त्यसबाट निस्कने समाधान श्रीमतीले पनि खोज्नुपर्छ । तसर्थ श्रीमान श्रीमती एकअर्कासँग साथी झै हुनुपर्छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!