आइतबार, भाद्र १४, २०७७ || 535  पटक पढिएको

पिएरे एमेरिक आउबामेयाङको प्रेरणामा आर्सनलले प्रिमियर लिग च्याम्पियन लिभरपुललाई हराउँदै कम्युनिटी सिल्डको उपाधिमाथि कब्जा जमाउन सफल भएको छ । खेलको १२ औँ मिनेटमा आउबामेयाङले उत्कृष्ट गोलको मद्दतले एफए कप विजेता आर्सनललाई अग्रता दिलाएका थिए । दोस्रो हाफमा लिभरपुलका सब्सटिट्युट टाकुमी मिनामिनोले बराबरी गोल फर्काए । निर्धारित समयमा खेल बराबरीमा सकिएपछि खेल पेनाल्टीमा गयो । लिभरपुलका स्ट्राइकर रिहान ब्रिउस्टरको प्रहार पोस्टमा लागेपछि आउबेमियाङले विजयी गोल गर्दै आर्सनललाई ५–४ को जीत दिलाए । लिभरपुलले लगातार दोस्रो पटक पेनाल्टीमा उपाधि गुमाएको हो । सन् २०१९ मा म्यान्चेस्टर सिटी विजयी बनेको हो । आर्सनलले कम्युनिटी सिल्डको उपाधि जितेको यो १६ औँ पटक हो । आर्सनलभन्दा अघि म्यान्चेस्टर युनाइटेडले सर्वाधिक २१ पटक यो उपाधि जितेको छ । पछिल्ला सात सिजनमा आर्सनलले चार पटक यो उपाधिमाथि कब्जा जमाउन सफल भएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!