हिन्दूधर्म दर्शन तथा वस्तु शास्त्रले केही यस्ता व्यवस्था गरेका छन् जसको पालनले तपाईंको जीवन सहज र व्यवस्थित रुपमा अघि बढ्न सक्छन् । दीशा, बार, ग्रहआदीको हेक्का राखी गरिएका कामहरु सफल हुने दाबी ज्यातिषविज्ञान, वास्तुशास्त्रले गरेका छन् । केही महत्वपूर्ण वास्तु टिप्सहरु यस्ता छन् जसले तपाईंका कामलाई सफल पार्न भूमिका खेल्छन् ।
१. कुनै पनि कुनामा सेफ राख्दा, बस्दा या फाइलहरू राख्दा त्यसको महत्व शून्य हुनजान्छ अर्थात् त्यसको महत्व हुँदैन। २. मङ्गलबार र शनिबार कदापि नयाँ काम सुरु गर्नु हुँदैन। बुधबार बिहान ११ बजेपछि र शुक्रबार गरिएका काम सफल हुनेछन्। ३. उत्तर एवं पुर्वबाट अग्निको सामान हटाएर दक्षिण( पूर्व कोणमा राख्दा लगभग घरको सबै काम(कुरा ठीक हुँदै जानेछन्। ४. दक्षिण(पूर्व कोणमा भान्छा कोठा बनाएमा स्वास्थ्य र धनलाभ प्रायः सदैव भइनै रहन्
५. सदैव सुत्दा दक्षिण शिर राखेर सुत्ने। दक्षिण या ढोकातर्फ पाइताला फर्काएर सुत्दा सदैव अनर्थ मात्रै हुनेछ। ६. विशेष लाभ चाहनुहुन्छ भने पश्चिम भित्ताको आडमा पश्चिम पैताला राखी सुत्नुहोस्। ७. हजुरको पछाडि, झयाल, ढोका या खुल्ला हुनुहुँदैन। पछाडि भित्ता भएमा तपाईंलाई साहस एवं साहारा मिल्नेछ। ८. दिशा या पिसाब गर्दा उत्तर या दक्षिण मुख गरी गर्दा पनि दैवीय सहायता मिल्नेछ।
९. दक्षिण( पूर्व कोणमा बस्दा मान(सम्मान एवं पदप्रतिष्ठा बढ्ने छ। १०. दक्षिण भागमा पाइप, पोल या बाँस राखी उचाइ बढाउँदा पनि घरमा शुभफल पैदा हुनेहुन्छ। ११. शनिबारको दिन पिपल वृक्षलाई चिनी(पानी, चिनी-चामल मोलेर या तेल चढाउँदा धनलाभ हुने हुन्छ।
यो पनि:तरकारीलाई स्वादिलो बनाउनका लागि गोलभेँडाको प्रयोग आजभोली अनिवार्य जस्तै भएको छ । सूपको रुपमा, अचारको रुपमा तथा श्रृंगारको सामानको रुपमा समेत गोलभेडाको प्रयोग हुने गरेको छ ।टमाटरबाट भिटामिन सी, लाइकोपीन, भिटामिन, पोटाशियम पर्याप्त मात्रामा पाइन्छ । साथै यसको प्रयोगले कोलेस्ट्रोल कम गर्न पनि सहयोग पुग्ने जनाइएको छ ।
मानिसलाई वजन घटाउन पनि गोलभेडा फाइदाजनक छ । तर टमाटरको सवैभन्दा ठूलो फाइदा भनेको पकाउँदा पनि त्यसको पोषक तत्व जादैन ।टमाटरको प्रयोगले कयौं रोगको रोकथाम पनि गर्न सकिन्छ ।विहान पानी नपिइकन पाकेको टमाटर खादा स्वास्थ्यको लागि निकै फाइदा पुग्छ ।यदी बच्चालाई सुख्खा रोग भएको खण्डमा प्रत्येक दिन एक गिलास टमाटरको जूस पिलाउदा बिरामीबाट आराम मिल्छ ।
बच्चाको मानसकि तथा शारीरिक विकासका लागि टमाटर बहुत फाइदाजनक हुन्छ ।मोटोपन घटाउनका लागि पनि टमाटरको प्रयोग गर्न सकिन्छ । प्रतिदिन एक देखि दुई गिलास टमाटरको जूस पीउनाले वजन घट्छ ।गर्भावस्थामा टमाटरको सेवन गर्न बहुत फइदा हुन्छ ।यदी पेटमा जुका वा अन्य किरा भएको खण्डमा टमाटरमा मरिच मिसाएर खादा फाइदा हुन्छ ।काचो टमाटरमा कालो नून मिलाएर खानाले अनुहारमा चमक आउँछटमाटरको गुदीलाई अनुहारमा दल्दा पनि निकै फाइदा हुन्छ ।