फर्सी मात्र नभइ फर्सीको मुन्टालाई तरकारीको रुपमा खाँदा पनि विभिन्न फाइदाहरू हुन्छन् ।खाँदा मीठो हुने र पकाउन पनि सजिलो हुने फर्सीको मुन्टामा भिटामिन ’ई’, ’सी’, ’ए’, ’बी ६’, पोटासियम, फोलिक एसिड, क्याल्सियम, कपर, प्रोटिन, म्याग्नेशियम, आइरन, फाइबर, फस्फोरस जस्ता खनिज पदार्थहरू प्रशस्त पाइन्छ ।

फर्सीको मुन्टाको नियमित सेवनले रोग प्रतिरोधी शक्ति बढाएर शरीरमा विभिन्न रोग लाग्न तथा सं’क्रमण हुन दिँदैन । फर्सीको मुन्टामा कम क्यालोरी पाइने हुँदा यसले पाचन प्रणालीलाई स्वस्थ राखेर कब्जियत, अपच, ग्यास्ट्रिक जस्ता पेटसम्बन्धी रोगहरू लाग्न दिँदैन ।

यसको सेवनले शरीरबाट खराब कोलेस्ट्रोल हट्ने हुँदा उक्त रक्तचापलाई नियन्त्रण गरी मुटुरोग लाग्नबाट जोगाउँछ । फर्सीको मुन्टाको सेवनले शरीरमा भएको ग्लुकोजको मात्रालाई समेत कम गर्ने हुँदा यो मधुमेह रोगीहरूका लागि पनि फाइदाजनक हुन्छ ।फर्सीको मुन्टामा पाइने भिटामिन सी र एन्टीअक्सीडेन्टले छालाको समस्या हुन नदिनुका साथै बढ्दै गरेको उमेरलाई छेकेर छालालाई जवान देखाउन मद्दत गर्छ ।

भिटामिन ’ए’ प्रशस्त मात्रामा पाइने फर्सीको मुन्टाको सेवम आँखाको लागि पनि राम्रो हुन्छ । फर्सीको मुन्टाको नियमित प्रयोग गरेमा यसले हाम्रो प्रजनन क्षमतामा वृद्धि गराउने गर्छ ।फर्सीको मुन्टाले शरीरमा उत्पन्न क्यान्सरको कोषीकाहरूलाई रोकेर क्यान्सरसँग ल’ड्ने क्षमता राख्छ ।साथै, फर्सीको मुन्टाको सेवनले हड्डी बलियो हुने, शरीरमा प्रोटिनको मात्रा पुर्याउने तथा रगतमा हेमोग्लोबिनको मात्रा बढाएर एनेमिया हुन दिँदैन

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!