बुधबार, भाद्र १०, २०७७ || 623  पटक पढिएको

भारतीय पूर्व राष्ट्रपति प्रणव मुखर्जीलाई ‘डिप कोमा’ मा राखिएको उनको उपचार गरिरहेको भारतीय सैनिक अस्पतालले जनाएको छ । नयाँ दिल्लीको आर्मी रिसर्च एण्ड रिफरल अस्पतालले बुधबार एक विज्ञप्ति प्रकाशन गरेर सो विषयमा जानकारी गराएको हो । सो अस्पतालले पूर्व राष्ट्रपति प्रणव मुखर्जीलाई भेन्टिलेटरको सहायताले डिप कोमामा राखिएको जनाएको नयाँ दिल्लीबाट प्राप्त समाचारमा जनाइएको छ ।उनलाई केही समय यही उपचार प्रविधिमा राखिने पनि सो अस्पतालले जानकारी दिएको बताइएको छ । सो अस्पतालमा गत अगष्ट १० मा उनको मष्तिष्कको शल्यक्रिया गरिएको जनाइएको थियो । पछि उनलाई कोरोना भाइरसको सङ्क्रमण भएको पनि समाचारमा जनाइएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!