अभिनेता सुशान्त सिंह राजपूतको मामिलामा सिबिआईले अनुसन्धान गरिरहेको छ । सिबिआईले हालसम्म सुशान्तको घरमा काम गर्ने सबै मानिस र उनका पूर्व अकाउन्टेन्ट रजत मेवातीसँग सोधपुछ गरिसकेको छ । यसैबीच भाजपा नेता सुब्रमण्डम स्वामीले सुशान्तलाई विष खुवाएर मारिएको र हत्यार तथा उनीहरुको शैतानी मानसिकता बिस्तारै सार्वजनिक भएको दाबी गरेका छन् । उनका अनुसार विष सुशान्तको पेटमा नै घोलियोस् भनेर पोस्टमार्टम गर्न पनि जानीजानी ढिला गरिएको हो । यसमा जो जिम्मेवार छन्, उनीहरुको कठालो समात्ने बेला भइसकेको पनि उनले बताएका छन् ।
Now the diabolical mentality of the killers and their reach is being slowly revealed: autopsy was deliberately forcibly delayed so that the poisons in SSR’s stomach dissolves beyond recognition by the digestive fluids in the stomach . Time to nail those who are responsible
— Subramanian Swamy (@Swamy39) August 25, 2020
यसअघि सुब्रमण्यम स्वामीले सुशान्तको मृत्युलाई दुबई कनेक्सन बताएका थिए । सोमबार स्वामीले ट्वीट गरेर लेखेका थिए, ‘जसरी एम्सका डाक्टरले सुनन्दा पुष्करको पेटमा वास्तविक विष पाएका थिए । त्यस्तो श्रीदेवी र सुशान्तको केसमा भएन । सुशान्तको मृत्यु भएको दिन दुबईकी ड्रग डिलर अयाशा खानसँग उनले भेटेका थिए, आखिर किन ?’
Like in Sunanda Pushkar case the real give away was what was found in her stomach during post mortem by AIIMS doctors. This was not done for Sridevi or Sushant. In Sushant case a Dubai compliant drug dealer Ayash Khan had met Sushant on the day of Sushant’s murder. Why?
— Subramanian Swamy (@Swamy39) August 24, 2020
रिया र महेश भट्टसँग उठाएका थिए प्रश्नः
यसअघि स्वामीले अर्को एक ट्वीट गर्दै रिया चक्रवर्तीमाथि निशाना साँधेका थिए । उनले भनेका थिए, ‘यदि रिया चक्रवर्तीले महेश भट्टसँग भएको कुराकानीसँग विरोधाभास हुन्छ भने वास्तविकतासम्म पुग्नका लागि उनलाई पक्राउ गरेर सोधपुछ गर्नेबाहेक अर्को विकल्प छैन ।’
If Rhea Chakravarty keeps giving evidence which contradicts her conversation with Mahesh Bhatt then CBI will have no alternative but to arrest her and subject her to custodial interrogation to get at the truth.
— Subramanian Swamy (@Swamy39) August 24, 2020
स्वामीले गरेका थिए सिबिआई अनुसन्धानको मागः
सुशान्त सिंहकोृ परिवारका सदस्यसमेत स्वामी ती मानिसहरुमा समावेश थिए जसले यो मामिलामा सिबिआई अनुसन्धानको माग गरेका थिए । यो मामिलामा सर्वोच्च अदालतको आदेशपछि अब सिबिआईले अनुसन्धान गरिरहेको छ । अहिलेसम्म सिबिआईले सुशान्तसँग नजिक भएका व्यक्ति र घरका सहयोगीसँग सोधपुछ गरेको छ । यद्यपि, अहिलेसम्म सुशान्तकी प्रेमिकासँग भने सोधपुछ गरिएको छैन ।