सोमबार, भाद्र ०८, २०७७ || 1005  पटक पढिएको

दुई दिनको बीचमा सिरहामा एकैखाले लक्षण देखापरेका चार जनाको मृत्यु भएको छ । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–१ कटैया गाउँमा टाउको दुख्ने, वान्ता आउने र बेहोस हुने जस्ता लक्षण देखिएका बिरामीको मृत्यु भएकाे हो ।
मृत्यु हुनेमा कटैयाका ३५ वर्षीय रामउदगार मुखिया, ३० वर्षीय जितेश मुखिया, ३८ वर्षीय श्यामदेव यादव र ६५ वार्षीय कुसेश्वर मुखिया रहेका छन् ।
एकै खाले लक्षणबाट २ दिनमा ४ जनाको मृत्यु भएपछि कटैया गाउँ त्रसित बनेको स्थानीय रामदेव यादवले बताए ।

मृतकहरुले गाउँमै घरेलु मदिरा सेवन गर्दै आएको र विषाक्त रक्सीकै कारण मृत्यु भएको हुनसक्ने अनुमान गरिएको प्रहरीले जानाएको छ । यसबारे बारेमा थप अनुसन्धान भइरहेको सखुवानन्कारकट्टी गाउँपालिका स्वास्थ्य शाखा प्रहरी हरिनरायण चौधरीले बताए। चौधरीका अनुसार गाउँमै स्थानीय शिवा यादव र श्री राम साहको पसलबाट उनीहरुले लोकल मदिरा खरिद गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!