मनिष दास
हिपमत डटकम
बिराटनगर,२६ पौष :इरानमा यात्रुवाहक विमान दुर्घटना हुँदा १७६ जनाको मृत्यु भयो। अमेरिका र इरानको तनाव चुलिएका बेला भएको उक्त घटनाले पूरा विश्व स्तब्ध भयो।पछि इरानी क्षेप्यास्त्रले युक्रेनी विमानलाई प्रहार गरेको प्रमाण भेटिएको पश्चिमा देशहरूले दाबी गरे। उक्त बिमानमा केनेडा र युक्रेनका यात्रुहरु समेत दुर्घटनामा परी मारिएका छन्।अमेरिकि समर्थन विश्वभरका देशहरुले ईरानको बिरोधमा छन् भने अमेरिका बिरोधी रुस र चिन ईरानको साथमा हुने राजनीतिक विशेषज्ञले अनुमान गरेका छन्। यदी युद्ध भयो भने बिदेशमा रहेका लाखौ नेपाली प्रभावित हुने अनुमान राजनीतिक विशेषज्ञले चिन्ता व्यक्त गरेका छन्। नेपाल सरकारले बिदेशमा रहेका नेपालीको लागि केही व्यवस्था अहिले देखी नै गर्नु पर्छ समेत राजनीतिक विशेषज्ञहरुले सुझाब दिएका छन्।