हिपमत डटकम
धनुषा,पुस-२५ : अवैध गिट्टीबालुवा उत्खनन्को विरोध गर्दे आएका धनुषाका एक युवकको हत्या गरिएको छ । जिल्लास्थित मिथिला नगरपालिका ५ श्रीपुरमा शुक्रबार बिहान घर नजिकैको औरही खोलामा अवैध गिट्टीबालुवा उत्खनन् भएपछि दिलीपकुमार महतोले विरोध जनाउदा उनलाई नदीमै टिपरले किचेर हत्या गरिएको थियो ।२४ बर्षिय महतोलाई जबर्जस्ती समाएर ना ७ ख ६४१३ नम्बरका टिपर चालकले किचेका थिए। टिपर र चालकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।