शनिबार, साउन ०३, २०७७ || 2011  पटक पढिएको

धेरै जसो युवाहरु अहिले मोडलिंगमा रमाउन चाहन्छन् कति सफल हुन्छन् त कति असफल तर दैनिकी नै ठुलो संख्यामा युवायुवती यस क्षेत्रमा नाम र दाम दुवै कमाउने उदेश्यले यस क्षेत्रमा प्रवेस गर्छन् यहि सोच बोकेर पूर्वबाट सोनिया बस्नेत पनि एउटा उदाउदो मोडेलको रुपमा देखिन थालेकी छिन्।

एउटा असल र सफल मोडल बन्न सोनिया अहिले निरन्तर संघर्षगरिरहेकी छिन् भोजपुर जिल्लामा २०५७ सालमा जन्मिएकी बस्नेत हाल मोरंग स्थित सुकुना क्याम्पसमा अध्यनरत छिन उनि भन्छिन मा एउटा सफल मोडेल बन्न दिन रात मिहनेत गरिरहेको छु। अबको दिनहरुमा राम्रो गीतको अफर आए म्युजिक भिडियोमा समेत अभिनय गर्ने सोनियाले हिपमत डटकमसंगको कुराकानीमा बताए।

 

आफ्ना भावनालाई कलाको रुपमा म प्रस्तुत गर्न चाहन्छु। मोडलिंग क्षेत्रमा जान धेरै जनाको अभिभावकहरुले जान दिनु हुदैन तर मेरो अभिभावकबाट मैले धेरै नै साथ् सहयोग र हौसला पाएको छु। धेरै जनाले अझै पनि यो क्षेत्रलाई नकारात्मक रुपमा हेर्नु हुन्छ हो सबै जना यस क्षेत्रमा राम्रा नै हुन्छन् भनेर मा भन्न सक्दिन तर धेरै जना यस क्षेत्रमा राम्रो राम्रो मानिसहरु पनि मैले भेटेको छु।

 

चलचित्रमा समेत अभिनय गर्ने रुचि छ मेरो आउदो समयमा कोहि रामर मनाछे वा राम्रो टिम भेटे भने चलचित्रमा यदि मलाई सुहाउदो चरित्र निर्वाह गर्ने अवसर मिलो भने अवस्य चलचित्रमा समेत अभिनय गर्ने छु। अन्त्यमा मेरो मनको भावना राख्ने अवसर दिनुहुने हिपमत डटकम परिवारलाई म हृदय देखि नै धन्यवाद दिन चाहन्छु।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!