उखान टुक्का भन्दै सबैलाई हँसाउँछन्
स्वस्थ्य रहनको लागि हाँस्न जरुरी छ र हाँस्नको लागि बेला बखतमा उखान टुक्काको सहाराले मान्छे हाँस्ने गरिन्छ । हुनतः व्यंगात्मक वा द्वयार्थक वाक्य प्रयोग गर्न पनि उखान टुक्का प्रयोग गरिन्छ, तर सब भन्दा बढि हाँस्नको लागि नै उखान टुक्काको प्रयोग भएको देखिन्छ । संगीतको भाषामा भन्ने हो भने रिदम, शूर र तालमा कुशल अभिनेताले उखान टुक्का बोल्दा मान्छे पेट मिचिमिचि हाँस्छन् । पेट मिचिमिचि हाँस्नु, हाँस्दा हाँस्दै आँखा बाट आँशु झर्नुलाई स्वास्थ्यको लागि राम्रो मानन्छि । त्यसैले योग प्रणयाम शिविरहरुमा पनि अन्तया हाँस्ने हँसाउने विभिन्न उपक्रमहरु अपनाइन्छ । यदि त्यो ग्रुपमा कुनै हाँस्यव्यक्ति हो भने अन्तमा त्यसैले अग्रीम स्थानमा आएर आफ्नो अभिनय कौशलताले उखान टुक्का भन्दै सबैलाई हँसाउँछन् ।
योग प्रणयाम मानव स्वास्थयको लागि अतिआवश्यक रहेको संसारले स्वीकार गरि सकेको अवस्थामा पनि यसलाई मात्र भारत संग दाँजेर नेपालमा प्रतिबन्ध लगाउनु पर्ने सम्मको अभिव्यक्ति सर्वाजनिक नभएका होइनन् तर यसको स्वर साह्रै मसिनो भएकोले गुँञ्जायमान हुन सकेन । नेपालीले आफ्नो घरमा नै योग गरेको विभिन्न फोटोहरु सामाजिक सञ्जालमा सार्वजनिक गरि २१ जुन विश्व योग दिवस मनाएको देखिन्छ ।
हाँस्न हँसाउनको लागि चलचित्रहरुमा समेत हाँस्य कलाकार राख्ने परम्परा अहिले पनि यथावत रहेको छ । फिल्मको रोचकता बढाउन हाँस्य दृश्यको लागि खाली ठाउँ छोडिएको हुन्छ । फिल्मको कथामा हास्य दृश्यको सरोकार हुन्छ वा हुदैन, तर, ती हाँस्य कलाकार हिरो वा विलेन, पक्ष वा विपक्ष तथा फिल्मका समान्य जनताको बीचमा आफ्नो उपस्थिति दर्ज गरि रहेको हुन्छ । यी हाँस्य कलाकारहरु मध्ये केही मात्रले आफ्नो स्थान सुरक्षित राख्न पाएँ नत्र अधिकांश कलाकार लुप्त प्रायः भई सकेको छ । किन ?
किनकी उनीहरु समयानुकुल आफुलाई परिवर्तन गर्न सकेनन्, चाहेनन् वा हुन पाएनन् कारण जे पनि हुन सक्छ । तर, एउटा कुरा बुझ्नै पर्ने के हो भने उनीहरुले आफ्नो भाव–भंगिमा (अभिनय) र उखान टुक्का परिवर्तन गर्न पाएँ आज पनि जीवन्त रहन्थे । एकतात्मक शैलीको अभिनय र उहीं पुरानै उखान टुक्काले दर्शक जबरजस्ती हाँस्न मन पराएन । एउटै वाक्य पटक पटक सुन्दा सुन्दै दर्शक निरुत्साहित हुन पुगे र शायद त्यसैले होला ती नामी–नामुद हाँस्यकलाकारहरु इतिहासका पानामा सिमित हुन पुगेको होला ।
थपड़ीको गड़गड़ाहट र वाहवाहीले उत्पन्न अहंकार र अभिमान मूलधार बिराउँदै गन्तव्यहीन बाटोमा डोर्याउँछ जसले गर्दा शक्तिको वेग कमजोर हँुदै स्तित्व नै समाप्त हुने खतरा बढि हुन जान्छ । यस्तो अवस्थामा ती सेलिब्रेटी कलाकारले आफ्नो अंहकार रुपी सम्मान रक्षार्थ सबै दोष अरु माथी लाद्न सम्पूर्ण श्रम र शक्ति परिचालन गरि रहेको हुन्छ जस्को प्रत्यक्ष उदाहरण (प्रमाण) नेपालको परिवर्तित राजनीतिक अवस्थाबाट लिन सकिन्छ ।
उखान टुक्काका कुशल प्रस्तोता मंचमा उभिन बितिकै दर्शकको जोरदार थपड़ीमा मुग्ध भई आफ्ना प्रसंशकहरुको जोशमा दमदार शब्द संयोजनको कुशलतम प्रयोग गर्दा गर्दै होशमै वेहोश भएर मान्छेलाई आँप सम्म बनाउँन कुनै कसर बाँकि राखेन । किनकी तीनका प्रसंसकहरु त्यस्तै अभिव्यक्ति सुन्न चाहन्थे । यथार्त बोध गराउनेहरुलाई थाती राखेर जयघोष गर्नेहरुको लहरमा रमिंदै “मैं” मात्र हुँ मा पुग्न सफल भए । न सोंचेका अप्रत्याशित (शक्ती) उपलब्धिको उचित व्यवस्थापन गर्नुको सट्टा “मैं सर्वे सर्वा” मा वसिभूत भई श्रीपेंचात्मक स्वरुप धारण गर्न सम्मको यात्रामा अगाडी बढन तमत्यार भए । उही शूर, उही ताल, उही शैली, उही चाल, उही उखान टुक्का, उही शब्द संजालले आजित आफ्नै जयघोष गर्नेहरुबाट आलोचित मात्र नभई आपमान समेत खेप्नु पर्ने स्थिती सृजना भयो । आक्रान्त मन भित्र आफ्नो बचाब गर्न अरु कुनै उपाय नहुँदा सबै दोष अरु मािथ नै थुपार्ने प्रयासमा पनि असफल हुनु स्वभाविकै हो । आफ्नै भाइ भरदारहरुद्वारा दिइएको सल्लाह सुझावलाई समेत उपेक्षा गर्दै आफ्नो अभिनय (व्यवहार÷स्वभाव) र उखान टुक्का (अभिव्यक्ति) लाई समयानुकुल परिर्वन गर्न सकिएन । जयघोष गर्ने दर्शकले समेत उखान टुक्काको स्टोक समाप्त भएको अनुभव गर्दै नयाँ अभिनेताको खोजी गर्न थालि सकेको हुँदा वर्तमान अवस्थाले दुई तिहाई बहुमतको दंभ पनि इतिहासको पानामा नै सिमित हुने हो कि भन्नेहरुको बिगबिगी ह्वातै बढन थालेको छ । तर, जे होस विपक्षी विहीन एकलौटी सरकार पनि पाँच वर्ष सम्म न टिकनु अर्को ऐतिहासिक घटना हुने प्रायः निश्चित छ ।