हिपमत डटकम
काठमाडौं ,पुस-२३
आज पुस २३ गते बुधबार प्रकाशित मुख्य राष्ट्रिय दैनिक पत्रिकाले रोजगारीका लागि खाडी मुलुक पुगेका नेपालीको सुरक्षा, सूचनाप्रविधि विधेयक एवं समसामयिक सामाजिक, आर्थिक र राजनीतिक विषयमा सम्पादकीय लेखेका छन् । कान्तिपुर दैनिकको सम्पादकीयका अनुसार पछिल्लो समयमा सुरु भएको मध्यपूर्वी मुलुकभित्रको असहज स्थिती र त्यसमा पनि इराक केन्द्रित द्वन्द्वलाई आधार मानेर फेरि सुरु भएको छ– सुरक्षित रोजगारीको बहस । यतीबेला सरकारले खाडी क्षेत्रमा रहेका आफ्ना कूटनीतिक नियोगलाई इराक मामिलामा आइपर्ने कठिनाईलाई सामना गर्न चनाखो बनेर बस्ने सनातनी निर्देशन दिनुको साटो आफ्ना नागरिकको उद्धार र सुरक्षा समन्वयमा दतारुकता देखाउन जरुरी देखिएको छ । सधैं झै ‘पर्ख र हेर ’ को कूटनीतिमा अल्झेर बस्ने बेला यो होइन ।