धार्मिक एवं साँस्कृतिक महत्व झल्काउने विराटनगरको राधाकृष्ण रथयात्रा यो वर्ष रोकिने भएको छ । कोभिड–१९ संक्रमण जोखिमको कारण देखाउँदै श्रीराधाकृष्ण रथयात्रा सञ्चालक समितिले रथयात्रा स्थगन गर्ने निर्णय गरेको हो । कार्यसमितिका अध्यक्ष बाबुराजा ओझाले सार्वजानिक रुपमा रथयात्रा गर्न असमर्थ रहेको जानकारी दिएका हुन् । उनले साउन १५ देखि २७ गतेसम्म हुने झुलन महोत्सव तथा २८ गतेको राधाकृष्ण रथयात्राको कार्यक्रम सार्वजानिक रुपमा आयोजना नगरिने बताएका छन् । सार्वजानिक रुपमा ननिकाल्ने रथयात्रा कार्यसमितिले चुनेका समिति तथा पदाधिकारी र पण्डितहरुले आन्तरिक रुपमा आयोजना गर्ने उल्लेख छ । त्यसका लागि जिल्ला प्रशासन कार्यालयमार्फत सुरक्षा निकाय परिचालन गरिने बताइएको छ । विराटनगरको यो रथयात्रामा भारतसहित नेपालका विभिन्न क्षेत्रबाट भक्तजनहरु सहभागी हुँने गरेका थिए । १९८८ सालदेखि खटयात्राबाटट यसको प्रारम्भ गरिएको थियो । २०२५ सालमा विशाल रथयात्रा बनाएर यसलाई बजार परिक्रममा गराउँने प्रचलन रहँदै आएको थियो । प्रत्येक वर्ष पाँच लाख भक्तजन आउने अनुमान गरिदैं आएको थियो । पछिल्लो दिनमा विराटनगरको रथयात्रा जस्तै गाउँगाउँमा रथयत्रा सुरु गरिएपछि भक्तजनको संख्या घट्दो क्रममा रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!