प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत रोजगारीमा खटिने श्रमिकहरूको दुर्घटना विमा गरिने मन्त्रालयको कार्ययोजनामा उल्लेख छ।
त्यस्तै, तीन महिनामा १५ हजार रोजगारदाता र १ लाख योगदानकर्तालाई सामाजिक सुरक्षामा ल्याउने मन्त्रालयको लक्ष्य छ।वैदेशिक रोजगारीको क्रममा अंगभंग भएका वा मृत्यु भएका हकवालाले स्थानीय तहबाटै सुविधा पाउने र वैदेशिक रोजगार विभागका सबै अभिलेख विद्युतिय अभिलेखाङ्कन गर्ने मन्त्रालयको ३ महिने कार्य योजना छ।