हिपमत डटकम
काठमाडौं , पुस १९
चिनी मिलविरुद्ध आन्दोलनका क्रममा माइतीघरमा रहेका उखु किसानहरुलाई सहयोगीहरुले खाना दिएका छ , भवना राउत, विशाल बिक्रम निरौला, गोमेश सिंह उप्रेती र अन्य समाजसेवीले माइतीघरमा जाडोको सामना गरिरहेका किसानलाई खाना खुवाएका , त्यसैगरि दुई हप्ताअघि माइतीघरमण्डलमा धर्ना बसेका उखु किसानलाई कांग्रेस नेता राजेन्द्र बजगाईंले न्यानो ज्याकेट वितरण गरेका छन्। पुसको चिसोमा धर्नामा बसेकाहरु पानी परेर कठ्यांग्रिएपछि ५० जनालाई एक-एक वटा ज्याकेट धर्नास्थलमै दिएको छ , उखु किसानको आन्दोलनमा समर्थन जनाउन युवा र विद्यार्थीहरुले पैसा उठाएर धर्नामा बसेकाहरुलाई त्रिपालको ब्यवस्था गरिदिएका छन्।