हिपमत डटकम
डोटी, पुस १९
शुक्रबार साँझदेखि हिमपातका कारण अवरुद्ध भएको सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्ला जोड्ने भीमदत्तराजमार्ग झण्डै १२ घण्टापछि सञ्चालनमा आयको छ । बाक्लो हिमपातका कारण राजमार्ग अवरुद्ध हुँदा यहाँका सात जिल्ला डडेल्धुरा, बैतडी, बझाङ, दार्चुला, अछाम, बाजुरा र डोटीको यातायात सेवा पूर्णरूपमा ठप्प भएको थियो भने यात्रुहरु अलपत्रमा परेका थिए ।सडक डिभिजनको डोजर, नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको सहयोगमा राजमार्गका सडकमा रहेको हिउँ हटाइएपछि आज बिहानदेखि यातायात सञ्चालन आयको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक दिलीपसिंह देउवाले बताए ।