पाँचथरको फिदिम नगरपालिका-१ का ३७ बर्षीय चन्द्र कुमार आङवोको लडेर मृत्यु भएको छ । शनिवार साँझ ६ बजेको सडकमा पैदल हिडिरहेका आङवो अचानक सडकबाट लडी घाईते भई उपचारको लागी जिल्ला अस्पताल पाँचथर लगिएकोमा उपचारको क्रममा राती १० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।