हिपमत डटकम
संखुवासभा, पौष १६:भोजपुरको साल्पासिलिचो गाउँपालिका-२ घर भई संखुवासभाको सिलिचोङ गाउँपालिका-२ बस्दै आएका ४८ बर्षीय एकराज बिश्वकर्माको भिरबाट लडेर मृत्यु भएको छ । मंगलवार राती ७ बजेको समयमा ससुराली घर तर्फ आउने क्रममा बाटोमा रहेको महाविर भिरबाट लडेर बिश्वकर्माको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ । उक्त स्थानमा जिल्ला प्रहरी कार्यालय संखुवासभाबाट खटिएको प्रहरी टोलीले कानूनी प्रकृया पुरा गरी शव परिक्षणको लागि जिल्ला अस्पताल चैनपुर पठाएको छ भने अन्य थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।