सोमबार, जेठ २६, २०७७ || 1045  पटक पढिएको

मिनिट्रक दुर्घटना हुँदा भक्तपुरमा चालकको मृत्यु भएको छ । भक्तपुर चाँगुनारायण नगरपालिका वडा नं. ३ झौखेल बस्ने वर्ष ३५ का नवराज लाछिवाको मृत्यु भएको हो ।

महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी डीएसपी दीपक गिरीका अनुसार घटनामा परेर घाइते भएका बा ५ ख ३११ नं. को मिनिट्रकका चालक लाछिवाको उपचारको क्रममा मृत्यु भएको हो ।

आइतबार राती १० बजे चागुँनारायण न.पा. वडा नं. ३ कालीखोला स्थित कालीघाटमा व्यासीबाट झौखेलतर्फ जादै गरेको महाशक्ति इँटा भट्टाको मिनिट्रक दुर्घटनामा परेको थियो ।

महानगरीय प्रहरी प्रभाग ब्यासीबाट खटिएको मोबाइल गस्तीको टोलीले गाडीले नै च्यापिएको अवस्थामा रहेका लाछिवाको क्रेनको सहयोगमा निकालिएको प्रहरीेले जानकारी दिएको छ ।

क्रेनको सहयोगमा गम्भीर घाईते भएका लाछिवालाई डा. ईवामुरा अस्पताल सल्लाघारी पु¥याउदा चिकित्सकले मृत घोषणा गरेको प्रहरी परिसरका सूचना अधिकारी डीएसपी गिरीले बताए ।

चालकको लापरवाही तरिकाले तीब्र गतिमा सवारी चलाउदा आफै अनियन्त्रित भई दुर्घटना भएको प्रारम्भिक अनुसन्धानमा देखिएको र थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!