आइतबार, जेठ २५, २०७७ || 646  पटक पढिएको

सरकारले आर्थिक वर्ष ०६६/६७ को बजेट वक्तव्यमा पहिलोपटक काठमाडौं उपत्यकामा फ्लाइओभर बनाउने घोषणा गर्यो । त्यसको एक दशकसम्म फ्लाइओभरको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) नै तयार भएको छैन । अर्थमन्त्री युवराज खतिवडाले चालु आर्थिक वर्ष (०७६/७७) को बजेट वक्तव्यमा पनि ‘नयाँ बानेश्वरमा अन्डरपास र त्रिपुरेश्वरदेखि माइतीघरसम्म फ्लाइओभरको विस्तृत सम्भाव्यता अध्ययन गरी निर्माण कार्य प्रारम्भ गरिने’ घोषणा गरेका थिए । अर्थमन्त्रीले उक्त घोषणा गरेको गत जेठ १५ गते एक वर्ष बित्यो । त्यसतर्फ कुनै प्रगति जनताले देखेका छैनन् । उनै खतिवडाले आगामी आर्थिक वर्ष ०७७/७८ को बजेटमा पनि काठमााडौं–कलंकी खण्डको तीन ठाउँमा फ्लाइओभर निर्माण गर्ने घोषणा दोहोर्याए । सरकारले ११ वर्षअघि उपत्यकामा फ्लाइओभर निर्माण गर्ने घोषणा गरेको थियो । उक्त सपना कागजमै सीमित छ । यो समाचार आजको नागरिक दैनिकमा हिमाल लम्सालले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!