साउदी अरबका राजकुमारको लक्जरी होटेल नेपाली व्यवसायी विनोद चौधरीले किनेका छन्। साउदी अरेबियाका राजकुमार अल वालिड विन तलालले उक्त होटेलको स्वामित्व चौधरी ग्रुपलाई झण्डै ३ अर्ब २० करोड रुपैयाँमा विक्री गरेका हुन्। केही महीनाअघि साउदीका यी राजकुमारलाई भ्रष्टाचार अभियोगमा प’क्राउ गरिएको थियो। आर्थिक सम’स्या भएपछि उनले होटल बेचेका हुन् । भ्रष्टाचारलगायत आरोपमा स्वदेशमा पक्राउ परेको महिनौँपछि साउदी राजकुमारले आफ्नो छरिएर रहेको लगानीलाई पुनः संगठित गरिरहेका छन्। साउदी राजकुमार र चौधरी ग्रुपबीच भएको सम्झौताका जानकार एक सल्लाहकारलाई उधृत गर्दै उक्त अनलाइनले जनाएअनुसार २.८ अर्ब केन्याली मुद्रामा उक्त सम्झौता भएको हो। यो भनेको नेपाली करिब ३ अर्ब १९ करोड रुपैयाँ हो। साउदी राजकुमार र चौधरी ग्रुपबीच भएको सम्झौताका जानकार एक सल्लाहकारलाई उधृत गर्दै उक्त अनलाइनले जनाएअनुसार २.८ अर्ब केन्याली मुद्रामा उक्त सम्झौता भएको हो।
ती सल्लाहकारले साउदी राजकुमारले केन्या छाडेर अन्तै लगानी गर्नेबारे सोचेको बताए। दुई पक्षबीच सम्झौता सम्पन्न भइसकेको छ भने चौधरी ग्रुपले दुवै होटलको शतप्रतिशत साजसज्जा र डिजाइनलगायतका काम गर्ने भएको छ। यसका लागि १ वर्ष लाग्ने बताइएको छ। नेपालका अर्बपति विनोद चौधरीको चौधरी ग्रुपले एसिया र मध्यपूर्वमा यसअघि नै होटलमा लगानी गरिसकेको छ।
नयाँ सम्झौतासँगै १ सय ७० अतिथि कक्ष र पारिवारिक कक्ष, ५१ विलासी टेन्ट र १० वटा फुड एण्ड बेभरेज आउटलेटहरु चौधरी ग्रुपले पाएको छ। साउदी राजकुमारको लगानीमा केन्यामा रहेका सबै व्यवसायबाट उनले हात झिकेका छन्। अल वालिड विन तलालले केन्यामा रहेका सबै होटेल व्यवसाय विक्री गरिसकेका छन्। उनी भव्य महलमा बस्छन् र उनले बनाएका हरेक चिज उत्कृष्ट हुन्छन् भनेर भन्ने गरिन्छ ।
चौधरी ग्रुपले बैंकिङ, शिक्षा, ऊर्जा, दूरसञ्चार र औषधि क्षेत्रमा ५ महादेशमा व्यवसाय चलाउँदै आएको छ। ग्रुपका प्रमुख विनोद चौधरीसँग १ अर्ब ४० करोड अमेरिकी डलर सम्पत्ति रहेको अनुमान गरिन्छ।
कोरोना महामारीले होटल क्षेत्र नै तहसनहस भएको बेला चौधरी ग्रुपले केन्याको होटल खरिद गरेको हो। खरिदसँगै ग्रुपले होटलका कर्मचारीलाई मनाउनुपर्नेछ। उनीहरुले ५० प्रतिशत खर्च मागदाबी गरेका छन्।
गत हप्ता होटलले सबै कर्मचारी निकालेको र दुवै होटल बन्द भएको बताएको थियो तर महान्यायाधिवक्ताको कार्यलयले होटलको निर्णयमा कानुनी प्रश्न उठाएपछि निर्णय फिर्ता लिएको थियो। अन्य देशमा जस्तै केन्यामा पनि मध्यमार्चयता सबै अन्तर्राष्ट्रिय उडान रद्द गरिएका छन्। पर्यटन क्षेत्रले ठूलो क्षति व्यहोरेका छन्।