हिपमत डटकम
भोजपुर, पौष १५ गते
भोजपुरको षडानन्द नगरपालिका-१० खोट डाँडामा बलेरो पल्टदा १ जनाको मृत्यु भएको
छ । सोमवार अपरान्ह पौने ५ बजेको समयमा खोट डाँडाबाट धरान तर्फ सुन्तला बोकेर
आउँदै गरेको को २ च १७९२ नम्बरको बोलेरो आफै अनियन्त्रीत भई बाटो देखि करिव
१५ मिटर तल खसेर दुर्घटना हुँदा बलेरो चालक धरान उप-महानगरपालिका-१६ का २७
बर्षीय फुर्वा तामाङ घाईते भएका थिए । घाईतेलाई उपचारको लागि मनकामना अस्पताल
तुम्लिङटार लगिएकोमा उपचारको क्रममा राती साँढे १० बजे मृत्यु भएको जिल्ला प्रहरी
कार्यालय भोजपुरले जनाएको छ ।