आइतबार, जेठ १८, २०७७ || 815  पटक पढिएको

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको अर्को जीवनचित्र सार्वजनिक गरिएको छ । उनको बाल्यकालदेखिका तस्वीरहरुको संग्रहसहितको जीवनचित्र पुस्तक शुक्रबार सार्वजनिक गरिएको हो । उनले भारतको प्रधानमन्त्रीका रुपमा दोस्रो कार्यकालको पहिलो बर्ष पुरा गरेको दिन पारेर पूर्व प्रधानन्यायाधीश के जी बालकृष्णन् मार्फत् यो पुस्तक सार्वजनिक गरिएको हो ।

कोरोनाभाइरसको सङ्क्रमण फैलिने डर भएपछि भारतमा देशभरी लकडाउन लागू गरिएकाले अनलाईन मार्फत् सार्वजनिकीकरण कार्यक्रम गरिएको थियो । पुस्तकमा मोटो गाता र इ-बुक गरी दुई स्वरुपमा उपलब्ध छ भने २० ओटा भाषामा बनाइएको छ । तीमध्ये दश ओटा विदेशी भाषा र दश ओटा भारत भित्रका भाषा रहेका छन् ।

लेखकले दिएको जानकारी अनुसार पुस्तक प्रकाशित भएका विदेशी दश भाषामा अंग्रेजी, अरबी, डच, फ्रान्सेली, इटालेली, जापानी, मन्डारिन, रुसी र स्पेनी रहेका छन् । त्यसैगरी भारत भित्रका हिन्दी, आसामी, बंगाली, गुजराती, कन्नाडा, मराठी, पञ्जावी, तमिल, तेलगु र उर्दु भाषामा पनि सो पुस्तक बनाइएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!