नेपालमा कोरोना भाइरसको संक्रमणबाट ८ जनाको मृत्यु भएको छ । बाजुरामा आइतबार विहान दुई वर्षीया बालिकाको क्वारेन्टाइनमा बस्दा मृत्यु भएपछि परीक्षणका क्रममा कोरोना संक्रमण पुष्टि भएपछि संख्या ८ पुगेको हो ।

सुदुरपश्चिम स्वास्थ्य निर्देशनालयले मृतक बालिकामा कोरोना पुष्टि भएको जनाएको छ । तर, स्वास्थ्य मन्त्रालयबाट यसको आधिकारिक जानारी आइसकेको छैन ।

बालिका बाबुआमासँगै बाजुराको धुरालसैन माविको क्वारेन्टाइनमा थिइन् । उनी परिवारसँगै भारतबाट १० जेठमा फर्किएको थियो ।
यसअघि हिजो कर्णाली प्रदेश सरकारले एकजना मृतकको कोरोना भाइरसको संक्रमण पुष्टि गरेको थियो । १७ जेठमा मृत्यु भएका दैलेख दुल्लु नगरपालिका घर भएका ३५ वर्षीय पुरुषको कोरोना भाइरसको संक्रमण भएको पुष्टि गरेको हो ।

दुल्लुस्थित पटांगिनी बजारको क्वारेन्टाइनमा रहेका उनी एक्कासी ढलेको र केही समयपछि मृत्यु भएपछि परीक्षणका लागि जुम्लामा स्वाब परीक्षणका लागि लगिदा संक्रमण पुष्टि भएको कर्णालीका जनस्वास्थ्य प्रमुख नवराज कँडेलले जानकारी दिएका थिए । स्वास्थ्य मन्त्रालयले दुवै मृत्युबारे अपरान्ह हुने नियमित पत्रकार सम्मेलनमार्फत् जानकारी गराउने बुझिएको छ ।

हिजो र आज भएका दुई मृत्युसहित कोरोना संक्रमणबाट आठ जनाको मृत्यु भइसककेको छ । अहिलेसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेमा ६ पुरुष र २ महिला छन् ।

कोरोना संक्रमणबाट मृत्यु भएकाको विवरण
१. सिन्धुपाल्चोक राम्चेकी २९ वर्षीया महिला । उनी १० दिनको सुत्केरी थिइन् । २ जेठमा निधन भई ३ जेठमा कोभिड १९ को संक्रमण पत्ता लागेको
२. बाँकेको नरैनापुरका २५ वर्षीय युवक । ३० वैशाखमा भारतबाट फर्किएर क्वारेन्टाइनमा राखिएका । ४ जेठमा मृत्यु भएपछि परीक्षणबाट संक्रमण पत्ता लागेको ।
३. गुल्मीका ४१ वर्षीय शिक्षक । ५ जेठमा रुपन्देहीको तिलोत्तमास्थित क्रिमसन अस्पतालमा भर्ना भएका । जन्डिस समेत भएका उनको ८ जेठको विहान निधन भएको ।
४. बाराका ७० वर्षीय वृद्ध । क्षयरोग र स्वास प्रश्वासको समस्याका कारण २ जेठमा अस्पताल भर्ना भई ४ जेठमा मृत्यु भई १२ जेठमा संक्रमण पुष्टि भएको ।
५. ललितपुर बुङमतीका ५६ वर्षीय पुरुष, १२ जेठमा किष्ट अस्पताल भर्ना भई १४ जेठमा मृत्यु भएको छ । १५ जेठमा संक्रमण पुष्टि
६. अर्घाखाँचीको भुमिका स्थान घर भएका ३५ वर्षीय पुरुष, भारतबाट फर्किदा १० जेठमा बाटोमै मृत्यु भई परीक्षणबाट कोरोना संक्रमण पुष्टि, १६ जेठमा संक्रमण पुष्टि
७. दैलेखको दुल्लु नगरपालिका खागितडाका ३५ वर्षीय पुरुष। पटांगिनी बजार दुल्लुको क्वारेन्टाइनमा ढलेर बेहास भई केही समयमा मृत्यु । स्वाब परीक्षणका क्रममा १७ जेठमा कोरोना संक्रमण पुष्टि
८. बाजुराको बुढीगंगा नगरपालिका धुरालसैनकी २ वर्षीया बालिका । बाबुआमासँगै बाजुराको धुरालसैन माविको क्वारेन्टाइनमा रहेकोमा १८ जेठको विहान मृत्यु भएको । १० जेठमा भारतबाट सपरिवार आएकी ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!