मोरङको उर्लाबारी र पथरीशनिश्चरे नगरपालिकाको सिमाना सुनझोडा पुल स्थित चेकपोष्टमा गत जेठ १५ गते उर्लाबारी नगरपालिकाका मेरय खड्ग बहादुर फागोद्वारा निरममता र्पुवक लाठीचार्ज भएको छ ।
इनरुवा देखि चाराली तर्फ सागसब्जी लैजाने क्रममा करिब रातको ११ः३० बजे बा १५ च ७३५२ नम्बरका चालक शंखर चौधरी र उनका दाई पवन चौधरीलाई गाडी रोकी कुटपीट भएको हो । चौधरी दाजुभाई उर्लाबारी नगरपालिका वडा नम्बर ७ का सब्जी व्यापारी हुन । पिडितद्वय भन्छन् “हामीलाई गाडीबाट उत्रनलगाई नमस्कार गरी परिचय दिदादीदै गाडी फर्का भन्दै हामी दुइलाई नै लाठीचार्ज भएको र कम्जोर मान्छे भएको भए त्यही मर्थे होला” सो घटना हुदैगर्दा उर्लाबारी उद्योग बाणिज्य संघ उर्लाबारीका प्रतिनिधि, संचारकर्मीहरु, सुरक्षकर्मी पनि रहेको र मुखदर्शक भएको चौधरीले जानकारी दिए । सो बेला लाठीचार्ज गर्दा टाउको, पाखुरा, करङ, हात र खुट्टमा भएको निलडाम देखाउदै अझै सम्म दुखीरहेको समेत जानकारी दिए । यस घटनाको विषयमा उर्लाबारी नगरपालिकाका मेयर संग फोन सम्पर्कगरी बुझ्दा “त्यस्तो केही नभएको, सामान्य भनाभन मात्र भएको बताउदै रातीको समयमा मौकापरी लकडाउन उल्ङघन भएको, माक्सको प्रयोग नगरीएको, दुईजनाको फरक–फरक भनाई भएको एकले उर्लाबारी भन्ने र अर्कोले चाराली भन्ने यसमै बिवाद भएको अन्यथा केही होइन, हामी दिनमा जसरी खटिरहेकाछौ रातमा पनि उतिकै खटिरहेका छौ” भन्दै त्यस बखत कोको थिए भन्ने समेत स्किार गरे । उर्लाबारीमा रहेको त्रिकाल परिवार नामक एक संस्थाले भने छलफल भइराख्दा नगर प्रमुख प्रती खेदपर्कट गर्दै घटनालाई घोरभर्सना गरेको छ ।
घटना पश्चात उपचार र घटना भएको दुई दिन पछि जेठ १७ गते उर्लाबारी उद्योग बाणिज्य संघको कार्यालयमा दुबै पक्ष बिच छलफल गरी आ–आफ्नो कमीकम्जोरी स्विकार गरी सहमतीमा आएको दुबै पक्षबाट आएको मिडियालाई जानकारी गराएका छन् ।