शनिबार, जेठ १७, २०७७ || 681  पटक पढिएको

खोटाङ सामाजिक सेवा मञ्च विराटनगरले लकडाउनबाट प्रभावित विद्यार्थी र मजदुरलाई राहत वितरण गरेको छ ।
साढे २ महिनादेखि जारी लकडाउनका कारण खोटाङ घर भई विराटनगरमा अध्ययनका क्रममा बसोबास गर्ने विद्यार्थी र मजदुरलाई मञ्चले आज राहत वितरण गरेको हो । प्रतिव्यक्ति १५ किलो चामल, २ किलो आलु, १ लिटर तेल, १ किलो दाल र एउटा साबुन वितरण गरिएको मञ्चका अध्यक्ष कृष्णप्रसाद भण्डारी ‘मार्सेली’ले जानकारी दिए । “लकडाउनका कारण खोटाङ घर जान नपाएका विद्यार्थी र डेरामा बस्ने मजदुरलाई थोरै भए पनि सहयोग पुगोस् भनेर राहत वितरण गरेका हौं,” अध्यक्ष मार्सेलीले भने ।
मञ्चका सल्लाहकार महेश रेग्मी, गोपाल खटवाल, विमला घिमिरे, अध्यक्ष मार्सेली, सचिव घनश्याम पोखरेललगायतले राहत वितरण गरेका थिए । मञ्चमा आबद्ध सदस्य र सल्लाहकारहरुको सहयोगमा ५० जनालाई राहत वितरण गरिएको मञ्चका सचिवसमेत रहेका राहत वितरण समितिका संयोजक पोखरेलले बताउनुभयो । खोटाङबाट विराटनगरमा आएर स्थायी रुपमा बसोबास गर्नेहरुले समाजसेवा गर्ने उद्देश्यका साथ मञ्च स्थापना गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!