शनिबार, जेठ १७, २०७७ || 623  पटक पढिएको

भारतबाट आएका ८२८ जनालाई क्वारेन्टिनमा राखिएको छ । भारतको विभिन्न ठाउँबाट लुकीछिपी जिल्लामा फर्किएका उनीहरुलाई यहाँस्थित विभिन्न क्वारेन्टिनमा राखिएको हो । गएको साता भारतबाट जिल्ला भित्रिएका ८२८ जनालाई यहाँस्थित ८० वटा क्वारेन्टिनमा राखिएको स्वास्थ्य कार्यालय बागलुङले जनाएको छ । कार्यालयका अनुसार बागलुङको बडिगाड गाउँपालिकाकास्थित क्वारेन्टिनमा सबैभन्दा बढी २५९ व्यक्तिलाई राखिएको छ भने सबैभन्दा कम १४ जना तमानखोला गाउँपालिकास्थित क्वारेन्टिनमा राखिएको छ ।

यसैगरी ढोरपाटन नगरपालिकाको क्वारेन्टिनमा १७३, निसीखोला गाउँपालिकाको क्वारेन्टिनमा १४४, बागलुङ नगरपालिकाको क्वारेन्टिनमा ४३, काठेखोला गाउँपालिकाको क्वारेन्टिनमा ३८, बरेङ गाउँपालिकाको क्वारेन्टिनमा ३८, ताराखोला गाउँपालिकाको क्वारेन्टिनमा ४२, जैमिनी नगरपालिकाको क्वारेन्टिनमा २४ र गलकोट नगरपालिकाको क्वारेन्टिनमा ५५ जना छन् ।

गत बुधबार क्वारेन्टिनमै रहेका तमानखोलाका चार र बडिगाडका दुईजनामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । सङ्क्रमित धवलागिरि अस्पतालको आइसोलेशन कक्षमा उपचाररत छन् । उनीहरुको स्वास्थ्य अवस्था सामान्य छ । क्वारेन्टिनमा बसेको पाँच दिन पुगेपछि थप व्यक्तिको कारोना जाँचका लागि स्वाब सङ्कलन गरिएको छ । बडिगाडका ३१ जनाको स्वाब पोखरास्थित जनस्वास्थ्य प्रयोगशालामा पठाइएकामा रिपोर्ट आउन बाँकी छ ।

निसीखोलाका ३८, जैमिनीका ६ र बागलुङ नगरपालिकाका पाँचजनाको स्वाब जाँचका लागि पठाउने तयारी भइरहेको स्वास्थ्य कार्यालयका प्रमुख सुरज गुरौले बताउनुभयो । तमानखोला र बडिगाडका सङ्क्रमितको ‘कन्ट्र्याक्ट ट्रेसिङ’ गर्ने कामसमेत शुरु भएको उनको भनाइ छ । ‘क्वारेन्टिन व्यवस्थापन र पिसिआर परीक्षणमै बढी केन्द्रित छौँ’, प्रमुख गुरौले भने, ‘भारतबाट आउने क्रम बढेसँगै सङ्क्रमण बढ्ने जोखिम छ ।’ भारतबाट आउनेको सङ्ख्या दिनानुदिन बढिरहेको छ ।

बडिगाड गाउँपालिकामा मात्र ५०० जनाभन्दा बढी भारतबाट आउने आँकलन गरिएको छ । तेस्रो मुलुकमा रहेका नागरिक पनि आउन थाले त्यो सङ्ख्या झनै बढ्नेछ । स्थानीय तहका लागि क्वारेन्टिन विस्तारसँगै गुणस्तर कायम राख्नु चुनौतीपूर्ण बनेको छ । बडिगाड गाउँपालिकाका अध्यक्ष मेहरसिंह पाइजाले सङ्क्रमितको सङ्ख्या अझै बढ्न सक्ने बताए । बडिगाडका क्वारेन्टिनमा रहेकामध्ये जम्मा आठजनामा गरिएको जाँचमा दुईजना सङ्क्रमित भेटिएका थिए ।

‘भारतबाट आउनेको सङ्ख्या दैनिक बढेको छ, बडिगाड कोरोनाको उच्च जोखिममा छ’, अध्यक्ष पाइजाले भने । ५६ दिनपछि बुुधबार जिल्लामा ६ जना नयाँ सङ्क्रमित फेला परेका हुन् । त्यसअघि गत चैत १५ र २० गते भेटिएका दुई सङ्क्रमित उपचारपछि निको भई घर फर्किसकेका छन् । उनीहरु दुवैजना चैत ४ मा बेल्जियमबाट आएका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!